मिलापकर्मी गीतलाई सम्मान

इनेप्लिज २०७५ असार २५ गते १०:३३ मा प्रकाशित

सुर्य चन्द,

काठमाडौँ : मिलाप मासिक र मिलाप न्युज डटकमकी कार्यकारी सम्पादक गीत अधिकारीलाई ‘ओएस नेपालपत्रकारिता सम्मान २०७५’ बाट सम्मानित गरिएको छ । राजधानीमा आइतबार भएको दोस्रो ओएस नेपाल म्युजिकअवार्ड २०७५‘मा गीतालाई सो सम्मान प्रदान गरिएको हो ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अवार्ड समारोहमा गायिका तथा सभासद कोमल वली, पत्रकार ऋषि धमलाओएस नेपालका बिबेक कार्कीलगायतले अधिकारीलाई माला, खादा सहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई, रेडियो नेपालका चन्द्रमणि गौतम र राम अबिरल, टिभी टुडेका रमेश बस्नेत, रातोपाटी डटकमका कुवेर गिरीले समेतले ‘ओएस नेपाल पत्रकारिता सम्मान २०७५’ प्राप्त गरेको समारोहमाहिमालयन टाइम्स दैनिकका गोपी कृष्ण चापागाई र रमाईलो छका उत्सब रसाइलीलाई ‘ओएस नेपाल पत्रकारिताप्रोत्सान २०७५’ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया