गायिका अन्जु गौत्तमको तीज गीत “ ढल्की ढल्की जान्छु माइत ” हेर्नुहोस् भिडियो

इनेप्लिज २०७५ असार २४ गते ०:५८ मा प्रकाशित
रोशन पोखरेल ,काठमान्डाँै  असार २३ । हिन्दू नारीहरुको महान पर्व तिज विशेष गीतहरु सार्वजनिक गर्नेको क्रम बढ्दो छ । यहि क्रममा विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतीमा  गायिका अन्जु गौत्तमको आवाजमा रहेको “ ढल्की ढल्की जान्छु माइत ”बोलको गीतको भिडियो सार्वजनिक भएको छ  । समाजको तितो यथार्थ चित्रण गरिएको गीत अत्यन्तै मर्मस्पशी शब्दमा नाच्ने प्रकारको गीत बनेको छ । नेपाली नारीको आखाँको लाली , चुरा लगायतको पोसाकमा रहेर आफना पति र परिवारको सुस्वास्थ्य र दिधार्युको कामना गर्दै बत्र बस्नको लागी आफु तयार रहेको कुरालाई शिलशिलेदार रुपमा गीतमा समेटिएको छ ।
गीतमा राज कुमार बगरको शब्द तथा संगीत रहेको छ । गीतको म्यूजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका छन ।  अन्जली अधिकारी , कासिश र ज्योतीको गीतको भिडियोमा नित्य रहेको छ । निकै सर्वोकृष्ट रुपमा तयार पारिएको भिडियोलाई चर्चित भिडियो निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।
हेर्नुहोस् भिडियो

प्रतिक्रिया