मिस्टर एण्ड मिस पूर्वी चितवन २०१८ सम्पन्न

इनेप्लिज २०७५ असार २१ गते ११:०२ मा प्रकाशित

रत्ननगर, टाँडी
सर्च एजुकेशन नेपालको प्रस्तुति तथा नेपाल आईस बियरको मुख्य प्रायोजनमा आयोजित मिस्टर एण्ड मिस पूर्वी चितवन २०१८ मा वीनर भई महिलातर्फ जेसिसा कुमाल र पुरुष तर्फ निश्चल अधिकारीले अवार्ड हात पार्नुभएको छ । त्यस्तै रोशनि उप्रेतीले फस्टरनरअफ सँगै मिस प्रोसनालिटी अवार्ड र लबकुश थापा मगरले पुरुष तर्फ को फस्ट रनरअफका साथमा विविधपुरस्कारहरु हात पारेका छन् । एक महिने लामो तयारी र तालिम पछि असार १८ गते सौराह स्थित होटल सेभेन स्टारमा आयोजित उक्त कार्यक्रममा केटी तर्फ १६ जना र केटा तर्फ ९ जना मोडलहरु र¥याम्प मा उत्रिएका आयोजक मिलन लामाले जानकारी गराउनुभयो ।

प्रतिक्रिया