माटोको नातामा सुन्दर पन्तको राष्ट्रियता (भिडियो सहित)

इनेप्लिज २०७५ असार २१ गते १०:४४ मा प्रकाशित


काठमाडौं । यथार्थवादी शब्द चयन गर्न खप्पिस व्यक्तिका रुपमा ख्याती कमाएका गीतकार सुन्दर पन्तले लेखेका राष्ट्रवादी शब्दहरुको संगालो मेरो देशको माटोमा बोलको गीत सार्वजनिक भएको छ । काल्पनिक संसार भन्दा अलि टाढा रहेर वास्तविकतालाई समिपमा राख्ने पन्तले आफ्नो तेश्रो एल्बम नातामा समावेश उक्त गीतको भिडियो युट्युव मार्फत सार्वजनिक गरेका हुन् ।

यस अघि नेपालका चर्चित संगीतकार र गायक तथा गायिकाहरुको संलग्नतामा सुन्दर सपना नामक एल्बम सार्वजनिक गरि सकेका पन्तको एकल शब्दमा सार्थक नामक एल्बम पनि तयार भई सकेको छ भने उनको तेश्रो एल्बम नाता हो । उनले आफ्ना हरेक एल्बमहरुमा गहकिला शब्द सम्मिलित राष्ट्रिय गीत समावेश गर्ने गरेका छन् । हाल सार्वजनिक भएको मेरो देशको माटोमा बोलको गीतमा बिपिन आचार्यको संगीत तथा एरेञ्ज सुन्न सकिन्छ भने गायक कमल किरणको सुमधुर स्वर सुन्न सकिन्छ । हाल सार्वजनिक गरिएको यस गीतको भिडियो कन्सेप्ट र सम्पादन तुलसी बाँस्कोटाको रहेको छ ।

बाँकी भिडियोमा हेर्नुहोस्

https://www.youtube.com/watch?v=AdEpMVFgRWg

प्रतिक्रिया