ट्याक्टरमा लेबर काम गर्ने यी युवाको स्थापित गायकलाई टक्कर दिने स्वर, हेर्नुस् (भिडियो सहित)
इनेप्लिज
२०७५ असार २० गते ११:२२ मा प्रकाशित
ईटहरी/ मान्छेको सपना हजारौ हुन्छ, ति हजारौ सपना भित्र एउटा त्यस्तो सपना लुकेको हुन्छ, जुन सपना जिन्दगीभर साथैमा होस् अर्थात त्यहि सपनाको केन्द्रबिन्दुमा पुग्न खोज्दा खोज्दै जिन्दगीको अन्त्य होस् । यस्तै सपना छ सपन श्रेष्ठ संग पनि तर, पैसा अभाबले गर्दा कला हुदा पनि गला भासिएको सरह भएका छन् उनि । आफ्नो कलालाई सबै माझ देखाउन मिडिया खोजिरहेका उनले पहिलो पटक अन्तरबार्ता दिएका छन् । जसमा उनको गाउने कला देखेर प्रस्तोता समेत चकित परेका छन । यति मात्र हैन गीत रेकर्ड गराईदिने देखि म्युजिक भिडियो बनाईदिने समेत त्यहि अन्तरबार्ताबाट बाचा समेत गरेका छन् । उनले सबैलाई सहयोग गर्न अनुरोध पनि गरेका छन् । हेर्नुस् उनि संग गरिएको भिडियो कुराकानी सहित प्रतिभा प्रस्फुटन सहितको हेर्ने पर्ने अन्तरबार्ता ।
सानै देखि गीत गाउन रुचि राख्ने उनि गीत गाउदा आफ्ना साथीभाईहरु ओरिपरि बसेर सुनिरहन्थे । आमाको साथ र सहयोग निकै छ उनलाई, कुराकानीमा आफ्नो सपना पुरा गर्ने क्रममा आफ्नी आमाले खसी, कुखुरा समेत बेचेको यथार्थ सुनाए । गायनको भुत संग भौतारिदा भौतारिदै पढाईलाई पनि छाडेका उनि यहि सपनालाई साकार बनाउन दिनरात खटिरहे । तर स्वर भएर मात्र के गर्नु, गोजीमा टन्न पैसा नभए पछि सपना साथमै छ तर साकार पार्न सकिरहेका छैनन् ।
संगीत यात्राको लागि आर्थिक अभावले पिल्सिएको जिन्दगि बोकेका उनि पेशाले ट्याक्टरको लेबर हुन् । सपनाले अहिले सम्म संगीतको कुनैपनि औपचारिक ज्ञान समेत लिएका छैनन् तर उनको आवाज र गाउने कला सुन्दा कुनै स्थापित गायक भन्दा अलिकति पनि कम लाग्दैन । आफ्नो गायन कला गाउघरका धेरैलाई सुनाए उनले, त्यहाबाट आफ्नो स्वरको वाहावाही त पाए तर गाउघरमै सिमित रहयो त्यो वाहवाही । सार्बजनिक अन्तरबार्ता पछि उनलाई सहयोग गर्ने र उनको कलालाई प्रसंशा गर्नेहरु बढिरहेका छन् ।
प्रतिक्रिया