धिरज र साम्राज्ञीले एकसाथ यसो भनेपछि, के चलिरहेको छ यी दुई कलाकारहरुबीच [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ असार १९ गते १०:१५ मा प्रकाशित

​पिएनपिखबर, भक्तपुर। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘इन्टु मिन्टू लण्डनमा’को टिजर सार्वजनिक गरिएको छ।

टिजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु अभिनेता धिरज मगरको केमेस्ट्री र लबलाई प्राथमिकता दिइएको छ रेनिशा वान्तवा राई निर्देशित चलचित्र लब स्टोरी जनरामा निर्माण भएको छ। कोरियोग्राफरबाट निर्देशनमा पाइला चालेकी रेनषाले चलचित्र पूर्णतया प्रेमकथामा निर्माण भएको बताइन्।

लण्डनमा ६५ प्रतिशत र बाँकि नेपालमा छायाँकन गरिएको चलचित्रलाई आई कोर फिल्मस्को व्यानरमा प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन्। सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन्।

निर्देशक रेनषा र निर्माता प्रज्ज्वल समशेरको कथा रहेको चलचित्रमा शारुक ताम्राकारको पनि मुख्य भूमिका रहेको छ।

अभिमन्यु दिक्षित र रेनिशाले लेखेको कथालाइ आभास कर्माचार्यले संवादमा ढलेका हुन्। शैलेन्द्र ध्वज कार्कीको छायाँकन रहेको ‘इन्टु मिन्टु लण्डनमा’मा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ।

फिल्म क्षेत्रमा सफल नृत्य निर्देशकको छवि बनाएकी रेनिशा बान्तवा राईद्वारा निर्देशित चलचित्र असोज ५ गतेबाट प्रदर्शनमा आउने भएको छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया