चर्चित मेकअप आर्टिस्ट सिमा गुरुङको लाजिम्पाटमा सिमा द मेकअप स्टुडियो संचालनमा

इनेप्लिज २०७५ असार १९ गते १:१० मा प्रकाशित

काठमाडौँ : बिगत लामो समय देखि नेपाली सिने क्षेत्रमा मेकअप आर्टिस्टको रुपमा चर्चा बटुल्दै आएकी चर्चितमेकअप आर्टिस्ट सिमा गुरुङले लाजिम्पाटमा “सिमा द मेकअप स्टुडियो” संचालनमा ल्याएकी छिन l चर्चितनायिकाहरु संचिता लुइटेल, स्वेता खड्का र ऋचा शर्माले संयुक्त रुपमा रिबन तथा केक काटेर उद्घाटन गरेको उक्तसिमा द मेकअप स्टुडियो अत्याधुनिक प्रबिधि मार्फत संचालनमा ल्याईएको छ l उक्त अबसरमा चर्चित सेलेब्रेटिहरुकोसाथमा फेशन डिजाइनर, सौन्दर्यबिद, कलाकार, संचारकर्मी समाजसेवी तथा अन्य सर्बसाधारणहरुको समेत बाक्लोउपस्थिति रहेको थियो l

पछिल्लो समय विभिन्न कार्यक्रम, विवाह, भोजलगायत महत्वपूर्ण कार्यक्रममा जाँदा विशेष देखिन शृङ्गार गृहमा तयारभई जाने क्रम बढ्दाे छ। यस्ता कार्यक्रममा जाँदा महिला हुन् वा पुरूष विशेष देखिन चाहन्छन्। साैन्दर्यप्रेमी सेलिब्रेटीएवम् सर्वसाधारणकाे अहिलेकाे प्राथमिकतालार्इ ध्यानमा राख्दै चर्चित मेकअप आर्टिस्ट सिमा गुरुङले ‘सिमा दमेकअप स्टुडियो’ सञ्चालनमा लिएर आएकी हुन् ।

सिमा द मेकअप स्टुडियो एन्ड ट्रेनिङ एकाडेमी मार्फत अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको महिला पुरूषका लागिब्राइडल, एक्स्क्ल्युसिभ ब्राइडल प्याकेज, पार्टी मेकअप लगायत सबै खाले सेवा उपलब्ध हुने सीमाले बताएकी छिन।उनि भन्छिन, ‘मेकअप स्टुडियोमा मेकअपसम्बन्धी तालिमको पनि व्यवस्था पनि गरिएको छ ।’ साथै होम सर्भिसमेकअपको समेत ब्यबस्था गरेकी छिन l

उक्त शृङ्गार गृहमा सेलिब्रेटी मेकअप र सुटिङ सम्बन्धि सम्पूर्ण मेकअप पनि गरिने छ। साथै सेलिब्रेटी तथासर्वसाधारणले स्टुडियोमा गएर मेकअप गरी सिधैँ पार्टी र सुटिङमा जान सक्ने बताउछिन सिमा गुरुङ।

प्रतिक्रिया