नेपाली जनसम्पर्क समिती फ़्रान्सको विशेष कार्यक्रम

इनेप्लिज २०७५ असार १८ गते २२:१९ मा प्रकाशित

गत १ जुलाई २०१८ मा नेपाली जनसम्पर्क समिती फ़्रान्सले विशेष कार्यक्रम आयोजना गरी संगठन पूर्णताको लागी संरक्षकमा मनोनीत किरण चन्द्र प्रधान ,संस्थापक अध्यक्षमा निर्मल अर्याल ,बिशेष सल्लाहकारमा तप्त भण्डारी र सुबर्ण बिक्रम हमाल र पूर्ण कार्यसमितिका लागी ३ जना सदस्य मनोनीत गर्नुपर्ने व्यवस्था अनुरूप सर्वसम्मतिबाट कृष्ण गुरुंग ,बिकास केसी र टीकाराम सपकोटालाई मनोनीत गर्दै विशेष सम्मानका साथ प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा सभाका सभापति सुधीर रानाले मातृभूमि बाट टाढा रहेर पनी निरन्तर नेपाली कांग्रेसले बोकेको नीति राष्ट्रियता लोकतंत्र र समाजबादको भावनालाई प्रवासी नेपालीहरु माझ फैलाऊँनुका साथै नेजस फ़्रान्स स्थापित गर्न दिनरात खटेर र प्रथम तथा ऐतिहासिक महाधिवेशन सम्पन्न गर्न यहाँहरूले खेल्नु भएको भूमिकाको प्रशंसा गर्दै यहाँहरु जस्तो अभिभाबक पाएर संगठनको गरिमा बढ़ेको र यहाँहरूको मार्गनिर्देशन र सुझावमा संगठन चल्ने बताउनु भयो ।

मन्तब्यकै क्रममा संस्थापक अध्यक्ष निर्मल अर्यालले संगठन भरखरै बिज़ारोपण भएको र यसले अझै धेरै हाँगाबिंग़ा सहित फैलिनु र झांगिनू पर्ने बताउनु भयो । यसमा उहाँको सदा सहयोग रहने प्रतिबद्दता जाहेर गर्नु भयो ।

यसैक्रममा संरक्षक किरणचन्द्र प्रधानले नेपाली कांग्रेसको इतिहास र समाजवादको बारेमा केही प्रकाश पार्नू भएको थियो । साथै सल्लाहकार सुबर्ण बिक्रम हमाल र मनोनीत सदस्य बिकास केसी ले संगठन प्रतिको आफ्नो दायित्व र सुम्पेको ज़िम्मेवारी पुरा गर्ने र संगठनले आफुलाई मनोनीत गरेकोमा ख़ुसी ब्यक्त गर्दै धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रम नेजस फ़्रान्स महामन्त्री कमल बिक्रम केसी ले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया