” हिमालयन भाईब्स” द्वारा ” बहाईन्ड दी आर्टः इन्टरसेक्सन एण्ड डाईभर्सिटी” बिषयक कार्यशालामा सहभागिता एबम “ग्लोबल भिलेज फेस्टिभल”मा सांगितिक प्रस्तुति

इनेप्लिज २०७५ असार १६ गते २:१६ मा प्रकाशित


टोरोन्टो स्थित नेपाली लोक सांगितिक समुह ” हिमालयन भाईब्स” ले हालै ” बहाईन्ड दी आर्टः इन्टरसेक्सन एण्ड डाईभर्सिटी” बिषयक कार्यशालामा सहभागिता जनाएको छ । स्थानिय “काउन्सिल अफ एजेन्सीज सर्भिङ साउथ एसियन्स” नामक संस्थाले आयोजना गरेको उक्त कार्यक्रम तीन चरणमा बिभाजित गरिएको थियो। पहिलो चरणमा आआफ्नो बिषयमा प्रस्तुतिकरण थियो जस्मा आदिबासी चित्रकलाका ज्ञाता फल्लन सिमर्दले चित्रकला सामाजिक बिभेद निर्मूल पार्न एउटा सशक्त माध्यम हुन सक्ने बताउनु भयो । अर्का प्रस्तुतकर्ता बेनिता कोसे केटेले क्यानडामा बिद्द्यमान असमानता र आप्रबासीहरुले गर्नु पर्ने संघर्ष बारे प्रकाश पार्नु भयो।

” हिमालयन भाईब्स” ले आफ्नो प्रस्तुतिकरणमा नेपालका बिभिन्न भेगमा गाईने लोकगीतहरुको धूनहरु प्रस्तुत गरि बिबिधताको झल्को दिलाएका थिए । सो सांगीतिक प्रस्तुतिमा हरि लम्साल, प्रदीप बाँस्कोटा, उत्तम माकजू, सम्बिदा खनाल, रिकेश श्रेस्थले गरेका थिए।

दोश्रो चरणमा जातिय तथा सामाजिक भेदभाब, समाबेसिता , बिबिधता, पहिचान, आआफ्नो क्षेत्रको चुनौति लगायतका सम्बन्धमा , साहित्य र संगीत तथा कलाको भुमिका बारे “पानेल छलफल” संचालन गरिएको थियो जस्मा ” हिमालयन भाईब्स” को तर्फ बाट उत्तम माकजू र हरि लम्सालले छलफलमा उठेका प्रश्नहरुको उत्तर दिएका थिए । कार्यक्रमको अन्तिम चरण सामुहिक प्रश्नोत्तर कार्यक्रम रहेको थियो । सो कार्यक्रमको संचालन काउन्सिल अफ एजेन्सीज सर्भिङ साउथ एसियन्सका मथुरा करुणानिथिले गर्नु भएको थियो ।

त्यस्तै गरि ” हिमालयन भाईब्स” ले टोरोन्टोमा अन्तरराष्ट्रीय सहभागिताको ग्लोबल भिलेज फेस्टिभलमा पनि सहभागिता जनाएको छ। ” हिमालयन भाईब्स” ले आफ्नो प्रस्तुतिमा नेपालका पूर्ब, पक्षिम, उत्तर, पहाड, काठमान्डौ उपत्यका का लोक धूनहरु राजमति, सेब्रु, सोरठी, मारूनी ईत्यादि मादल, धिमे, भुस्या, बाँसुरी, हार्मोनियम, चाँप, गिटारको तालमा प्रस्तुत गर्दा दर्शकहरु मन्त्रमुग्ध भै श्रवण गरिरहेका थिए ।

 

बिभिन्न मुलुकका संगीत प्रस्तुतिमा नेपाली प्रस्तुति राम्रो भएको दर्शकहरुले टिप्पणी गरेका थिए । सो प्रस्तुति प्रसिद्द मादल बादक सानुराजा महर्जनको नेतॄत्वमा हरि लम्साल, प्रदीप बाँस्कोटा, मनोज राजभण्डारी, सुरज शर्मा, सम्बिदा खनाल, रिकेश श्रेस्थ, किशोर राजभण्डारी, उत्तम माकजूको समुहले गरेका थिए।

प्रतिक्रिया