धेरै भयो अरुका बारेमा थाहा पाऊने प्रयास गरेको अनि लेखेको। तर आफनै बारेमा थाहा पाऊने र लेख्नेतर्फ कहिल्यै सोचिएन। जानी नजानी कथा, कविता, गित, टुक्रा मबाट लेखिए र सार्वजनिक पनि भए।विशेष गरी गित र आध्यात्मीक अभिव्यक्तिहरु भने संगित र स्वरको माध्यमबाट बाहिर ननिस्कदा तीछटपटाऊदा रहेछन। अनि एउटा श्रृजनालाई बाहिर ल्याऊनु पर्दा संगितकार, गायक, एरेन्जर, डाईरेक्टर,मोडल आदि भएन भने त्यो त्यसै हराऊछ। यति खर्च गरेर निस्कीएको श्रृजना हिटनै हुनु पर्छ भन्ने मान्यतारहने हुदा बजेटको लेखाजोखा हुदैन। रचनाकारले आफनै खर्चबाट निकालेको खण्डमा सबै जोहो उसैलेगर्नु पर्दछ। गीत राम्रो चल्यो भने गाऊनेको नाम चल्छ। रचनाकार हराउछ। अनि बजारमा हिट नहुनेरचनाहरुलाई अरुले खर्च गरेर गाऊदैन। यसरी चल्छ भनेर निस्कीएको श्रृजना सबै हिट नै हुन्छन भन्नेग्यारेण्टी पनि हुदैन।
मैले कोरेका भजन र गितहरुको संख्याको मmण्डै दुई ठेली भएछन। यीनीहरुले मलाई घचघच्याऊछनगाईदे भनेर। तर म गाऊन र बजाऊन त्यति जान्दीन। रहर लाग्छ त्यसैले जिस्कीन पनि छोडदिन। यहिजिस्कने क्रममा निकै गितहरु घरभित्रै बसेर गाउदै छु। त्यसैमध्येको एउटा यो आफैलाई म को हु? भन्दैखोज्ने क्रममा केही सुनेर र केही अनुभवको आधारमा निस्कीएको एउटा भावलाई किवोर्ड र ऐपबाट बज्नेतबलाको माध्यमकाट गाऊने प्रयास गरेको छु। जस्ले गर्दा खर्च पनि बच्यो र मेरो उदेस्य पनि पुरा भयो।किनकि भएकै नाम र यस्मा जोडिएका विशेषणहरुले म पुरिएर हराएको हुदा उल्खनन गर्दैछु।
मेरो यो सांगितिक अभिव्यक्ति मेरै संन्तुष्ठिको लागि अनि जिवनको पाटोलाई म को हु< भनेर आफै भित्रखोज्ने जिज्ञासुहरुको लागि हो नकि हिट होस भन्ने। त्यसैले यो मेरो पहिलो प्रयासलाई सार्वजनिक गर्ने निधोगरे। यद्यपि गायक मोहन भुसालजीले फेरी एकपटक ट्राई गनुहोस भन्नु भएको थियो। त्यो फेरी अर्कोचोटीलाई। अनि गितलाई दृस्यहरु राखेर सहयोग गर्नुहुने साधक भाई आभाष पोखरेल प्रति आभारी छु।सबैको मंगल होस।
प्रतिक्रिया