विजय थापा ,अधिकांशलाई विदेश जसरी पनि जाने ईच्छा हुन्छ । विदेश जाने विभिन्न तरीका मध्ये कै अहिले अन्तिम हतियारको रुपमा नक्कली बिहे गर्ने गोप्य रुपमा गर्ने प्रचलन बढी रहेको छ । यसरी विदेश आउने नाममा घर फुट्ने क्रम बढ्दो छ । परिवार चिल्ली बिल्ली भएका छन । छोराछोरी टुहुरा पनि भएका छन ।
विदेशिने सपना देखे पछि प्रगाढ सम्बन्ध भत्किदै छ । अमेरिका यसरी आउने तरीका अपनाउन थालिएको छ । पुरुष या महिलाले यसरी पनि कमाउने दाउमा रहेका छन् ।
अमेरिका आउनको लागि नक्कली बिवाह गर्ने नियतले अन्य देशहरु लगायत नेपालमा पनि फस्टाई रहेको अवस्थामा अमेरिकाको कनेक्टिकट राज्यमा दुई जनालाई अपराधिक आरोप सहित पक्राउ गरिएको समाचार ब्यापक भएको छ ।
नेपालमा पनि भै रहेको पति पत्नीको सम्बन्धलाई अमेरिका ,अस्ट्रेलिया ,बेलायत तथा अन्य मूलक जान गरिने उद्धेश्यले गरिएको अस्थाई सम्बन्ध बिच्छेद लाई यसले केहि संदेश दिएको छ ।
वर्तमान अवस्थामा अमेरिका कुनै पनि व्यक्ति गैर कानुन रुपले नछिरुन भन्ने उद्धेश्यले ट्रम्प प्रसाशनले अत्यधिक कडा गरि रहेको अवस्थामा आप्रवासीलाई नक्कली बिबाह गराएको आरोपमा १४ वटा मुद्धा लगाईएको छ ।
अमेरिकाको आप्रवासन कानुन अनुसार अमेरिकामा नक्कली बिवाह गराई जालसाजी गर्नेलाई ५ बर्ष सम्म कैद गरिन सक्ने छ । यसको साथै $ २ लाख ५० हजार डलर सम्म जरिवाना हुने प्रावधान रहेको छ ।
कनेक्टिकट मिलफोर्डका ३४ बर्षिय जोडियन स्टेफ़ेन्सन तथा ६२ बर्षिय डोनोभान लरेन्सलाई गत गत जुन २२ तारिख शुक्रबार पक्राउ गरि कबुलियत गराएर धरौटीमा छोडिएको समाचार छ ।
उनीहरुले स्टेफ़ेन्सन आप्रवासी तथा कानुनि सेवा तथा डोनोभान भन्ने व्यक्तिले डोनोभान एकाउन्टीङ्ग सेवा सन् २०१२ देखि २०१७ मा संचालन गरेका थिए । उनि दुई लगायत अन्यले षडयन्त्र गरि नक्कली बिबाह गराएका थिए । उनीहरुले अमेरिकन नागरिक संग स्थाई आवासीय पत्र (हरियो पत्र ) दिलाउन नक्कली बिबाह गराएको आरोप लागेको छ ।
यसरि उनीहरुले ९ वटा नक्कली बिबाह गर्द्दै हरियो पत्रको लागि आबेदन दिएका थिए । जसको लागि २० हजार डलर को लेनदेन भएको जनाएको छ । कसुर अनुसार साच्चै कै बिबाह जस्तै गरे वापत अभिकर्तालाई $ ५ हजार नगद दिने आस्वासन दिएको समेत आरोप छ ।
उनीहरुलाई आप्रवासी नक्कली बिबाहको अपराध र षडयन्त्र गरेकोमा ६ वटा जाली बयान दिएको समेत देखिएको छ । साथै स्टेफ़ेन्सनलाई ७ वटा गलत गणनाका आरोप लागेको छ ।
युएस अध्यागमन बिभागले कसैले यस्तो किर्ते बिबाह गरेको छ भने पुरुष या महिलालाई अपराधिक मुद्धा चलाइने हुन्छ । हरेक बर्ष यस्ता किर्ते बिबाह गरेको आरोपमा अमेरिकामा अध्यागमन बिभागले धर पकड गर्दछ ।
किर्ते बिबाह पाइएमा र कसैले झोसेमा अमेरिकाले देश निकाला पनि गर्न सक्छ । र जालसाजीलाई भबिष्यमा अमेरिका आउन कहिले पनि प्रवेश आज्ञा न दिन पनि सक्छ या हरियो पत्र रद्ध पनि हुन् सक्छ ।
यदि पतिपत्नी संग स्थाई आवासीय पत्र ( हरियो पत्र ) छ र उनीहरुले नक्कली बिबाह गर्ने काम गरेका छन् भने देश निकाला सम्म हुन सक्ने छ । अमेरिका आउनको लागि मात्र यस्तो उपाय नअपनाउन नै राम्रो हुनेछ ।
साचो बिहे हुन्छ भने सरकारले स्वागत गर्दछ । यद्धपि नियतबस नक्कली बिहे गर्ने मात्र उद्धेश्य छ भने सोचिन्छ भने राम्रो दिमाग लगाएर सोच्नु जरुरी हुन्छ । दुई चार पैसाको लागि यस्तो गलत गर्ने कसैको मन नजाओस । कहिले यस्तो बातावरणमा बस्नु नपरोस । भै रहेको सम्बन्ध कहिले नटुटोस ।
प्रतिक्रिया