मोडेल रिमा के. सी.लाई पितृ शोक

इनेप्लिज २०७५ असार १३ गते १६:२८ मा प्रकाशित

 

वाशिंगटन डि.सी. ।  म्यारिल्याण्ड निवासी मोडेल तथा सामाजिक अभियान्ता रिमा के. सी. लाई पितृ  शोक परेको छ । केसीका पिता नारायण बहादुर के.सी.को ६६ वर्षको उमेरमा मंगलबार राति १०:१०  बजे म्यारिल्याण्ड राज्यको श्याडिग्रुपको अस्पतालमा निधन भएको हो ।
नेपालको कुपन्डोल स्थाई घर भइ विगत ३ वर्ष देखि अमेरिकामा स्थाई बसोबास गर्दै आएका रिमाका पिता नारायण बहादुर के.सी लामो समय देखि  विरामी परेका थिए । विभिन्न चरणमा उपचार गराई रहेका के.सी लाई उपचारको क्रममा अपस्तालले निधन भएको घोषणा गरेको थियो । छोरी रिमा र श्रीमती सहित के.सी जर्मनटाउनमा बस्दै आएका थिए ।
पारिवारिक श्रोतका अनुसार स्वर्गीय नारायण के.सीको शवलाई हिन्दु संस्कार र परम्परा अनुसार दाहासंस्कार गर्न नेपाल लगिने बताइएको छ ।
स्वर्गीय नारायण बहादुर के.सी प्रति भावपूर्ण श्रद्धाञ्जलि । यस दुखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना।

प्रतिक्रिया