राष्ट्रपति ट्रंपले मुस्लिम देश विरुद्ध लगाएको यात्रा प्रतिवन्ध सर्वोच्चद्वारा सदर

इनेप्लिज २०७५ असार १३ गते १:१५ मा प्रकाशित

सिसृक्षा ढकाल, लसएन्जलस १३ असार । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रंपले मुस्लिम देशहरु विरुद्ध लगाएको यात्रा प्रतिवन्ध संबिधान अनुरुप राष्ट्रिय सुरक्षाको हितमा भएको भन्दै सदर गरेको छ । अमेरिकी सर्वोच्च अदालतको यो फैसलालाई राष्ट्रपति डोनाल्ड ट्रंपको राजनीतक सफलताको रुपमा परिभाषित गरिएको छ ।सर्वोच्च अदालतले सवै तल्लो अदालतले गरेको फैसला विरुद्ध यात्रा प्रतिवन्ध संबिधान अनुरुप राष्ट्रिय सुरक्षाको हितमा भएको भन्दै राष्ट्रपति ट्रंपको कार्यकारी आदेशलाई सदर गरेको हो । यस अघि राष्ट्रपति डोनाल्ड ट्रंपले मुस्लिम देशहरु विरुद्ध लगाएको यात्रा प्रतिवन्ध गैर कानुनी कदम भएको भन्दै आलोचना हुँदै आएको थियो । अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रंपले मुस्लिम देशहरु विरुद्ध लगाएको यात्रा प्रतिवन्ध बारे फैसलामा भनेको छ, ‘यात्रा प्रतिवन्ध अमेरिकी संबिधान अनुरुप आप्रवशन नीति र निश्चित धर्म प्रति लक्षित भएको पुष्टि हुँदैन ।

’ फैसला लगत्तै चिफ जस्टिस जान रोबर्ट्सले यात्रा प्रतिवन्ध अमेरिकी राह्स्त्रिया सुरक्षाको हितमा सहि कदम भएको प्रतिक्रिया दिएका छन् । अमेरिकी सर्वोच्च अदालतको फैसलासंगै राष्ट्रपति डोनाल्ड ट्रंपले मुस्लिम देशहरु विरुद्ध लगाएको यात्रा प्रतिवन्ध थप देशहरुमा समेत लागु हुने र राष्ट्रपतिको स्वविवेकीय अधिकारलाई थप पुष्टि गरेको छ । स्मरण रहोस राष्ट्रपति डोनाल्ड ट्रंपले शन २०१७ को सेप्टेम्बर महिनामा मुस्लिम देशहरुका नागरिक विरुद्ध यात्रा प्रतिवन्ध लगाएका थिए । राष्ट्रपति डोनाल्ड ट्रंपलेयात्रा प्रतिवन्ध लगाएका देशहरुमा इरान, लिबिया, सीरिया,सोमालिया र यमन थिए ।

प्रतिक्रिया