क्यानेडियन नेवाः गुथि द्वारा “नेपाल प्रबर्द्दन कार्यक्रम ” सहित “ग्लोबल भिलेज फेस्टिभल २०१८”मा सहभागिता

इनेप्लिज २०७५ असार १२ गते २:५५ मा प्रकाशित
टोरोन्टो, प्रत्यक  बर्ष आयोजना गर्दै आएको अन्तरराष्ट्रीय सहभागिताको ग्लोबल भिलेज फेस्टिभलमा क्यानेडियन नेवाः गुठीले नेपाल प्रबर्द्दन, प्रचार प्रसार सम्बन्धि कार्यक्रम गरि सहभागिता जनाएको छ ।
बहु सांस्क्रितिक महानगरी टोरोन्टोको नर्थ योर्क स्थित मेल लास्टमान स्क्वार मा  सन्चालन गरिएको सो मेलामा क्यानेडियन नेवाः गुठी ले नेपाल प्रबर्द्दन तथा भ्रमण प्रोत्साहनार्थ नेपाल स्टल सन्चालन गरेको थियो।सो नेपाली स्टलमा नेपाली कलाकृति झल्किने खालको धातु कला, मुर्तिकला, कास्ठ कला, टोपि, मुकुन्डो, नेपली बाजाहरु,  मादल, छुस्या लगायतका सामग्री हरु प्रदर्शन गरिएको थियो भने स्टलमा  मा आउने पाहुनाहरुलाई नेपाली दूताबासको सौजन्य बाट प्राप्ट नेपाल सम्बन्धि प्रचार सामाग्री, नक्सा, पोस्टर हरु बितरण गरिएको थियो । स्टल मा राखिएको बिशाल नेपाली झण्डा र सामाग्रीले मेलामा आउनेहरुको ध्यान आकर्षण गरेको थियो ।
सोहि मेलामा गुथिका युबा सदश्यहरु आयुस्ना श्रेस्थ, सर्बज्ञ श्रेस्थ तथा अबिस श्रेस्थले नेवाः संस्कॄति झल्किने आकर्षक नॄत्य प्रस्तुत गरेका थिए । मेला मा राखिएको नेपालको ठूलो झण्डाले  मेला अबलोकनार्थ आएका नेपालीहरु आकर्षित भएका थिए भने  अन्तरराष्ट्रीय  रोटरी सम्मेलनका सहभागिहरुको पनि उपस्थिति थियो ।नेपाल बाट  आफ्नो छोरा बुहारी लाई भेटन आउनु भएका  दम्पति राम प्रसाद लम्साल तथा पूर्णकला लम्सालले क्यानडामा पनि नेपाली कला संस्कॄतिको प्रचार प्रसार सम्बन्धि कार्यक्रम हेर्न पाउँदा अतिनै खुशी लागेको बताउनु भयो ।

प्रतिक्रिया