कर्के नजर (ग़ज़ल) गजलकार-यादव बराल

इनेप्लिज २०७५ असार ९ गते १:४३ मा प्रकाशित


तिम्रो त्यो कर्के नजरमा खै म भुल्नै सकिन
मनै मनले दिएको साहुती म बुझनै सकिन|||

त्यो मनले भन्दो होला आउ माया गर
तर गुलाबको थुङ्गा लिई खै म झुक्नै सकिन

लाग्न त लाग्ने गर्छ यदाकदा मायाको खडेरी
तर वर्षा यामको त्यो झरीमा खै म रुझनै सकिन

कहिलेकाही त् सोच्ने गर्छु फ़ुलिदिउकी फुल
तर वसन्त यो रृतुमा खै फुल्नै सकिन
तिम्रो त्यो कर्के नजरमा खै म भुल्नै सकिन।

देखेको छु प्रेमजोडी उन्मात भई झुलेको
लठ्याई दिने नशा तिम्रो अधरमा खै झुल्नै सकिन
तिम्रो त्यो कर्के नजरमा खै म भुल्नै सकिन।

(गजलकार अमेरिकाको टेक्सासमा रहेको युनिभर्सिटी अफ टेक्सासमा वायोमेडिकल साईन्समा डिग्री गर्दै छन)

प्रतिक्रिया