गायक कर्मा तामाङ आयुशको ‘तिमीले उस्लाई रोज्यौ ’ हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ असार ७ गते २२:१४ मा प्रकाशित
रोशन पोखरेल , काठमाडौ, असार ५ । गायक कर्मा तामाङ आयुशको पछिल््लो समयमा नेपाली सुगम संगीतमा निकै सर्वोकृष्ट गीत बजारमा ल्याइरहेका छन  । आधुनिक गायनमा राम्रो सम्भावना बोकेको स्वर भएका गायक कर्माले थोरै तर राम्रा सिर्जना लिएर बजारमा आउने गरेका छन् ।
गायक कर्मा तामाङको स्वरमा रहेको ‘तिमीले उस्लाई रौज्यौ ’ गीत यतिबेला सार्वजनिक भएको छ । विछोडको अवस्थालाई चित्रण गर्दै गायक कर्मा तामाङ र भिम ज्वलन्त योगी ले लेखेको हुन् भने गायक कर्मा आफैले संगीत  गरेका छन । सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन  गरेका छन । भिडियोमा प्रेम , सञ्जय , सम्झनाले अभिनय गरेका छन ।  ‘तिमीले उस्लाई रोज्यौ ’ गीतको भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन ।
हेर्नुहोस भिडियो

प्रतिक्रिया