गजलकार आङ्ग ङिमा शेर्पा कुङ्गा को सगुन हेर्नुहोस , भिडियो सहित

इनेप्लिज २०७५ असार ६ गते २२:०५ मा प्रकाशित

रोशन पोखरेल,काठमान्डौँ , असार ४, काठमाडौं गजलकार आङ ङिमा शेर्पा कुङ्गा को गजल एल्बम – सगुन सेर्पा म्युजिक वल्र्ड बाट सार्बजनिक भएको  छ ।  एल्बम भित्रको आज पनि बोलको गजल लोकप्रिय गायक मिङ्ग्मा शेर्पाले गाएका छ्न जसको भिडियो सार्बजनिक गरे लगतै चर्चा बटुल्न सफल भएको छ । यो गीतको भिडियो निर्देशन गजलकार स्वयम् आङ ङिमा ले  गरेका छन । आङ मिङमा शेर्पाको शब्द रहेको गीतमा राजेश थापा को संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । रविन्द्र बरालले छायाँकन गरेको गीतको भिडियोमा  मिङमा शेर्पा र किसाङ शेर्पाको अभिनय रहेको छ  । सगुन एल्बम भित्र रामकृष्ण ढकाल , शिव परियार , मिङमा शेर्पा , मेलिना राई र सोनाम शेर्पाले गीत गाएका छन ।

प्रतिक्रिया