अनमोल केसी र प्रदिप खड्कालाइ टक्कर दिन आउदै नब नायक दिवस धिताल

इनेप्लिज २०७५ असार ३ गते ११:५२ मा प्रकाशित

काठमाडौँ : नेपाली चलचित्र क्षेत्रमा नायक नायिका देखि कलाकार बन्नेहरु तथा आफुलाई यस क्षेत्रमा स्थापित गराउन लागि पर्नेको संख्या दिन प्रतिदिन बढ्दो छ l नेपाली सिने क्षेत्रमा पछिलू समय सम्भाबना बोकेर उदाएका नायक हुन दिवस धिताल l अहिले चलचित्र क्षेत्रमा नायक दिवस धिताललाई स्टार नायकहरु अनमोल केसी र प्रदिप खड्काको प्रतिस्प्रधीको रुपमा हेर्न थालिएको छ l

धेरै लामो संघर्ष अनि मेहनत पछि चलचित्र क्षेत्रमा प्रवेश गरेका नब नायक दिवस धिताल मिष्टर फ्रेसर सन २०१५ र  सन २०१६ को नेपाल फेश अफ द ईयरका बिजेता समेत हुन l दर्जनौ म्युजिक भिडियो, २ चलचित्र(हिटलर र यो मायाँ कस्तो मायाँ) मा अभिनय गरिसकेका चक्लेटि नायक दिवसले दर्जनौ सौन्दर्य प्रतियोगितामा कोरियोग्राफी समेत गरिसकेका छन् l ब्युटी पेजेन्ट तथा फेसन शो हरुको सफल आयोजना देखि यस्ता प्रतियोगिताहरुमा मोटिभेसन क्लासहरु समेत दिदै आएका नब नायक दिवस धिताल अग्लो कद, मिलेको सुगठित शरीर,  हसिलो मुहार, चक्लेटी अनुहार भएका छन भने नृत्य र अभिनय समेत पोख्त छन । विभिन्न थिएटरहरुमा अभिनयको समेत प्रशिक्षण लिएका नायक दिवस थिएटर नाटकहरुमा समेत सक्रिय छन l

पछिल्लो समय विभिन्न म्युजिक भिडियो, चलचित्र तथा  सौन्दर्य प्रतियोगितामा ब्यस्त बन्दै आएका आएका नायक दिवस छोटो समयमानै आफ्नो सुगठित शरीर, चक्लेटि अनुहार तथा कुशल अभिनयको कारणले गर्दा लाखौ दर्शक श्रोताहरुको मन जित्न सफल भएका छन भने दिनानुदिन लाखौ युवाहरुको रोजाईमा पर्दै गएका छन ।  भविष्यमा चर्चित नायक बनेर नेपाली चलचित्र तथा सिने नगरीमा आफुलाई स्थापित गराउने उदेश्यका साथ अघि बढेका नब नायक दिवस आफुलाई समय अनुसार बदल्दै दर्शक श्रोताहरुको माग अनुसार आफ्नो कलाकारितालार्इ पनि उत्कृष्ट बनाउने सोच लिएर  सिने जगतमा प्रवेश गरेका हुन  l

नायक दिवस अभिनित पछिल्लो चलचित्र “यो मायाँ कस्तो मायाँ ” अहिले प्रर्दशनको पर्खाईमा छ ।गत साता मात्र यो चलचित्रको पहिलो गित राजधानिमा एक कार्यक्रम बिच भब्य रुपले सार्बजनिक गरिएको थियो । यस चलचित्र “यो मायाँ कस्तो मायाँ ” बाट चलचित्र क्षेत्रमा फड्को मार्ने सोच लिएका नायक दिवस धितालको दर्शकहरु बाट मात्र नभएर चलचित्र क्षेत्रका हस्तीहरु बाट समेत प्रसंसा हुन थालेको छ l उनको अभिनय, सुगठित शरीर, चक्लेटि अनुहारको चौतर्फी तारिफ हुदै गएको छ भने सिने नगरीमा उनको माग समेत बढ्दै गएको छ l

एपेक्स कलेजमा बि बि ए अध्ययनरत नायक दिबस धिताल आकर्षण सुन्दर चक्लेटि अनुहार, हासिरहने, शालीन स्वभावको, मिलनसार व्यक्तित्वका धनि छन l भविष्यमा राम्रो राम्रो चलचित्रहरु नेपाली सिनेनगरीमा दिएर कुशल,चर्चित नायकको रुपमा स्थापित भई करडौ नेपालीहरुको ढुकढुकी बन्ने सोच लिएका नायक दिवस धिताललाई हाम्रो तर्फ बाट पनि अग्रिम बधाई तथा शुभकामना l

प्रतिक्रिया