टोरोन्टोमा ” हिमालयन भाईब्स” को प्रस्तुतिका संगै “काली- ईन्दिरा सांगितिक साँझ” सम्पन्न
इनेप्लिज
२०७५ असार २ गते २०:३७ मा प्रकाशित
टोरोन्टो, अन्तरराष्ट्रीय नेपाली कलाकार समाजको समन्वयमा तथा बिभिन्न संस्थाहरुको सहयोगमा टोरोन्टोमा हालै “काली- ईन्दिरा सांगितिक साँझ ” सम्पन्न भएको छ। कार्यक्रमको शुरुवातमा नेपाली लोक संगीत प्रबर्धनमा सक्रिय “हिमालयन भाईब्स”ले मंगल धून प्रस्तुत गरि अतिथिहरुलाई स्वागत गरेका थिए।
का्र्यक्रमको प्र्मुख आकर्षण नेपाल आईड्लका जज तथा प्रख्यात संगीतकार काली प्रसाद बाँस्कोटाले अति नै लोकप्रिय गीत हरु ” नीर जैले रिसाउने” , “पारि त्यो डाँडामा” , ” लप्पन छपन जान्दिन म” लागायतका गीत हरुमा ” हिमालयन भाईब्स”को लाईभ संगीतमा प्रस्तुत गर्दा दर्शकहरु स्वस्फुर्त रुपम रमाई रमाई नाचेका थिए। कार्यक्रमको उत्त्तरार्धमा उहाँले फेरि आफ्ना प्रसिद्ध गीतहरु “सुन साँहिली”, “ठमेल बजारमा”, “ओढाउँला पिरतिको बर्को तिमिलाई” लगायतका गीतहरु आफ्नै म्युजिक ट्रायकमा प्रस्तुतगर्दा पनि दर्शकहरु उतिकै उत्साहका साथ सहभागिता जनाएका थिए।
त्यस पछी ” हिमालयन भाईब्स”का प्रसिद्द मादल बादक सानुराजा महर्जनको प्रशिक्षक्त्वमा मादल सिकिरहेका प्रशिक्षार्थीहरुले राजमति, सोरठी, मारुनि लगायतका धून हरु १४ वटा मादल सहित्को संयोजनमा प्रस्तुत गर्दा दर्शकहरु मन्त्रमुग्ध भै श्रवण गरिरहेका थिए।
का्र्यक्रमको अर्का प्र्मुख आकर्षण नेपाल आईड्लका जज तथा लोकप्रिय गायिका इदिरा जोशीले ” उध्रेको चोली” , ” सानु माया” लगायतका गीतहरु प्रस्तुत गर्दा दर्शक हरु कम्मर मर्काई मर्काई मन्च अगाडी पुगेका थिए। नेपाली शकीराको नामले परिचित गायिका जोशीले बेला बेलामा नॄत्यको संमिश्रन गरि गीत प्रस्तुत गर्दा दर्शकहरु झन मोहित भएका थिए।
सो हि कार्यक्रममा स्थानिय कलाकारहरु रिता बुर्लाकोटिले गीत तथा आस्था अधिकारी, अणु अधिकारी, शान्ता रायमाझी लागायतका ले नॄत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा प्रमुख कलाकार द्वय ईन्दिरा जोशी तथा काली प्रसाद बाँस्कोटा लाई अन्तरराष्ट्रीय नेपाली कलाकार समाजका अध्यक्ष गोपाल भण्डारी तथा नेपलीज क्यानेडीयन ओमेन्स एसोसियसन्का अध्यक्ष शुशीला भण्डारीले खादा तथा मायाको चिन्ह प्रदान गरेर सम्मान गरेका थिए भने कार्यक्रमको संचालन गीतकार तथा साहित्यकार रमेश थापाले आकर्षक शैलीमा गरेका थिए ।
प्रतिक्रिया