सर्वनाममा गोविन्द गिरी प्रेरणा र प्रतिमा पाठकको कविता गुञ्जियो

इनेप्लिज २०७५ असार २ गते ३:५९ मा प्रकाशित

१५ जुन, काठमाडौं, विगत ४० वर्षदेखि नेपाली साहित्यका विविध विधामा नित्य निरन्तर सकृय लेखनमा समर्पित साहित्यकार गोविन्द गिरी प्रेरणाले असार १ गते सर्वनाम थियटरमा आफ्ना विदेशी पृष्ठभूमिका र विदेश वसाइका क्रममा लेखेका करिव एक दर्जन कविता सुनाए ।

शव्दपथका अनुसार “लामो समय अमेरिका बसेर फर्किएका कवि गोविन्द गिरी प्रेरणाले सुनाएका कवितामा घरदेश छाडेर परदेश जाँदा भोग्नुपरेका भावनालाई कविताको रूपमा उतारेका छन् ।

लण्डन ,जर्मनी ,अमेरिकामा रहदा आफू र नेपालीले पाएका दु:ख,अज्ञान र मान्छे र मेसिनको सम्बन्धका बारे लेखिएका डेढ दर्जन कविता सुन्दा दर्शक स्रोता मौन र स्तब्ध थिए ।ती मध्ये क्यारोलिना,छुटेको रेल र फर्कने दिन कविताले बिशेष ध्यानाकर्षण गरेको थियो ।”

सर्वनामले काठमाडौंमा आफ्नो थियटरमा हरेक महिनाको १ गते २ कविहरुलाई कविता वाचनको लागि निम्त्याउँछ । हामी कवि र कविता श्रृङ्खला अन्तरगत हुने यो कार्यक्रम लूनकरणदाश गंगादेवी साहित्य कला मन्दिरको सहकार्यमा विगत झण्डै पाँच वर्षदेखि सञ्चालन हुँदै आएको छ । यो ५८औं श्रृङ्खला भएको आयोजकले वताएका थिए । सो कार्यक्रमका अर्का कवि प्रतिमा पाठक थिइन् ।

शव्दपथका अनुसार “यसैगरी अर्की कवि प्रतिमा पाठकले आन्तरिक पर्यटनलाई बिस्तार गर्न कुलेखानीमा लेखिएका ,नाकाबन्दीमा लेखिएका,कविकी आमालाई घुर्क्याउन र फकाउनु लेखिएका ,केही प्रेमका कविताहरू सुनाएकी थिइन् ।ती मध्ये बिस्तारै बिस्तारै ,फेरि अर्को दिन र फेल कविता पनि सुनाएकि थिइन् ।

कविता प्रेमीले अगिल्लो र पछिल्लो पुस्ताको फरक फरक कविताको स्वाद एकै समय एकै थलोमा पाएको अनुभव गरे।”
स्मरणीय छ, दुवै कवि मकवानपुरे हुन् ।

प्रतिक्रिया