घाँटीबाट सनाई बाजादेखि नाकबाट गितार बजाउने र सय भन्दा बढी क्यारिकेचर दुरुस्तै गर्ने १७ बर्षे दिपेन्द्रको अपत्यारिलो प्रतिभा [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ जेठ ३० गते २२:१४ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। नेपालमा अहिले क्यारीकेचर गर्ने थुप्रै छन्। क्यारीकेचर गरेरै चर्चामा आउनेको कुनै कमि छैन। तर दिपेन्द्र ओलीले क्यारीकेचर क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएका छन्।

विद्यादेबी भण्डारी देखि मोदी सम्मको क्यारीकेचर गरेर क्यारीकेचर किङ्ग दिपेन्द्र ओली यतीखेर फेरि चर्चाको शिखरमा आएका छन् । उनी जन्मस्थान कैलाली हो। उनी सानै देखि क्यारिकेचर गर्न रुचाउथे। उनी करिव ११ – १२ वर्ष हुँदा खेरि नै रेडियो कैलालीमा बाल कार्यक्रम चलाउथे। अहिले उनी १७ वर्षका भइसकेका छन्। अझै उनी संचारकर्मीको रुपमा कार्यरत छन्। हाल उनी हास्यव्यंग्य कार्यक्रम चलाउने गर्दछन्।

उनले एक कोठा भित्र बसेर मात्र आफ्नो प्रस्तुति पस्केका छैनन् सुदुरपश्चिम तिर निकै ख्याती कमाएका यी कलाकारले नेपालका लगभग ४० जिल्लाका कार्यक्रममा सहभागीता जनाईसकेका छन् । उनी महोत्सभ मेला, अन्य स्टेज कार्यक्रममा आफ्नो दमदार प्रस्तुति दिएर चर्चा कमाइसकेका छन्।

इन्टरनेटमा ११३ भन्दा बढी कलाकार र नेताको हुबहु अभिनय गरेर चर्चा कमाएका उनी जनावरको आवाज पनि हुबहु निकाल्छन्। कुकुर, बिरालो, स्याल, कागको अवाज उनले दुरुस्तै निकाल्छन्। क्यारिकेचर सँगसँगै उनले घाँटीको साहायताले सनाई बजाएर विभिन्न खालका धुन निकाल्न सक्छन् । साथै गितारको स्ट्रीङ् पनि मज्जाले नाक र मुखको सहायताले निकाल्छन्। उनले नाकबाट बीबीसी नेपाली सेवाको धुन दुरुस्तै बजाउन सक्छन् ।

उनले क्यारिकेचर गर्ने कलाकाहरुहरुको भिडमा आफूले विभिन्न बाजागाजा, जनवारको पनि आवाज निकाल्न सक्ने भएकाले आफू फरक भएको बताउछन्। त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी, झलनाथ खनाल तथा मोहन वैद्यको क्यारिकेचर गर्ने त्यति नदेखिएकाले आफू अरु भन्दा फरक भएको उनले बताए ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया