धरानमा ‘चाईल्ड आईकन’को प्रशिक्षण सुरु, बिजेतालाई अन्तरास्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने मौका

इनेप्लिज २०७५ जेठ २८ गते १:४३ मा प्रकाशित


ईटहरी, सुवास संकल्प / बच्चा भित्र भएको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउने जमर्को सहित धरानमा ‘चाईल्ड आईकन’ भैरहेको छ । यस आईकनको लागि धरानमा २५ बढी स्कुलबाट झन्डै ३०० को हाराहारीमा अडिसन दिन स्कुले केटाकेटी उपस्थित भएका थिए । अडिसनबाट आईकन हुने सम्भावना बोकेका ६५ जना केटाकेटी फाईनल प्रतिष्पर्धाको लागि छनौट भएका छन् ।

फाईनलका लागि छनौट भएका ६५ प्रतिष्पर्धीको यसै शुक्रबार फोटोसुट पनि सम्पन्न भएको छ । जिम्मेवार र असल नागरिक बन्नको लागि एक ब्यक्ति भित्र हुनुपर्ने गुणका साथै उनिहरु भित्र भएका प्रतिभालाई अझै निखार ल्याउन अहिले विभिन्न किसिमका प्रशिक्षण भैरहेको छ । चाईल्ड आईकनको यहि आउदो असार ९ गते धरानमै ग्राण्ड फिनाले हुदैछ । जसको लागि अहिले छानिएका ६५ जनालाई २०१७ कि मिस पुर्वान्चल रुबि लिम्बू र मिस टुरिज्म नेपालका सेकेन्ड रनरअप सोयाश्री ब्रजाचार्यले र्याम्प, व्यक्तित्व विकास, कोरियोग्राफी, सामाजिक सचेतना, बालमनोविज्ञान सवल बनाउने लगायतका विषयमा प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगितामा प्रतियोगीहरुलाई जुनियर प्रतियोगी र सिनियर प्रतियोगी गरी दुई छुट्टै समूह बनाई प्रशिक्षण दिइरहेको छ । यस्तै सहभागी सम्पुर्णले आफ्नो सामाजिक उत्तरदायित्व बहनका लागि धरानका असाहय बालबालिका तथा पुनर्स्थापना गृह धरानमा सहयोग पनि गर्ने भएका छन् । सहभागीहरुले आफै आफ्नो साथिभाई तथा आफन्तहरू संग सहयोग संकलन गर्दै यस्तो कार्य गर्नेछन जसबाट एकजनालाई ‘बेस्ट सोसल सर्भिस अवार्ड’ समेत दिइने छ । यता प्रतिष्पर्धीको अभिभावकको प्रतिभालाई समेत ध्यानमा राख्दै २ दिने र्याम्पको प्रशिक्षण दिइदैछ ।

प्रशिक्षण पश्चात् सहभागी सम्पुर्णको मम्मीहरु पनि ग्राण्ड फिनालेमा एकसाथ स्टेज र्याम्प गर्दै उत्रिने छन् । उत्कृष्ट र्याम्पलाई जर्ज गर्दै ‘बेस्ट प्यारेन्ट्स अवार्ड’ समेत दिइने छ । मिडियाल्यान्ड काठमाडौले आयोजना गरेको यो आईकनमा ६५ प्रतिष्पर्धी मध्ये बिजेताले विभिन्न पुरस्कार साथै अन्तर्राष्ट्रिय स्तरको चाईन्ड आईकनमा सहभागी हुने मौका पाउने छ ।

प्रतिक्रिया