छविराज र प्रदिपको नया सिनेमा घर संचालन, यस्तो छ अत्याधुनिक सुबिधा सम्पन्न सिनेमा घर (भिडियो सहित)

इनेप्लिज २०७५ जेठ २७ गते १०:१४ मा प्रकाशित

 


ईटहरी/ सुनसरीको मुख्य सहरको रुपमा रहेको ईटहरिमा पछिल्लो समय सिने गतिबिधि निकै हुने गरेको छ । बढ्दो सहरीकरण संगै देशमा भित्रिएको नयापन र शैलीबाट ईटहरि पनि टाढिन सकेको छैन । यस्तैमा सिने प्रेमीहरुको लागि ईटहरिमा एउटा मात्रै हाल भैरहेको अवस्थामा भने अब अर्को सिनेमा घर पनि संचालनमा आएको छ । यस हलका बारे निर्माता छविराज ओझा र नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदय संग हल परिसरमै लिइएको भिडियो अन्तरबार्ता यस्तो छ ।

संचालामना आएको ‘एलाईट सिनेमा’ नामको नया हल एक फिल्म हलको रुपमा मात्र नभएर सिनेमा घरको रुपमै स्थपित भएको छ । आफ्नो आफ्नो हल संचालन गरेर बसेका प्रदिप र छविराजको टीममा संचालन भएको हल भने यो नै पहिलो भएको उक्त भिडियो कुराकानीमा बताए ।

आफ्नै जग्गा लिएर नितान्त सिनेप्रेमिहरुको लागि मात्र भनेर सुरु गरिएको यो अत्याधुनिक सिनेमा घरमा २ ओटा सिनेमा हल छ । पहिलो हलमा २०८ जनाको सिट क्षमता छ भने दोश्रो हलमा १४४ जनाको सिट क्षमता रहेको छ । उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो क्वालिटि सहित ठुलो पर्दामा फिल्म हेर्न पाईने सो हलहरुमा फोल्डिंग सिस्टम भएको आरामदायी सिट राखिएको छ ।

यस्तै दर्शकको सिनेमा हेर्ने लगाबलाई ध्यानमा राखेर अन्य सिनेमा हलहरुमा भन्दा सस्तो टिकट डर पनि राखिएको निर्माता तथा हल संचालक मध्येका एक छविराज ओझाले बताए । बार अनुसारको टिकट दरको सिस्टमलाई हटाएर नेपालि फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० मात्र टिकट दर राखिएको छ ।

 

प्रतिक्रिया