सन्ध्या कोइराला बनिन “साईपल मिस एसईई स्टार २०१८” कि बिजेता

इनेप्लिज २०७५ जेठ २५ गते २३:५१ मा प्रकाशित

साईपल मिस एसइइ स्टार २०१८ को बिजेता सन्ध्या कोइराला बनेकी छिन् । उनले प्रतिस्पर्धामा सहभागी अन्य २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै साईपल मिस एसइइ स्टार २०१८ को हात पारेकी हुन् । कोइरालाले शैनिक आवासिय विद्यालयबाट एसईई दिएकी हुन् ।

उनलाई सन् २०१७ कि बिजेता एलिजा बुढाथोकीले मुकुट लगाइदिएकी हुन् । त्यस्तै प्रथम बिजेताको ताज हात पारेकी श्रेष्ठलाई अनुश्का मानन्धरले ताज पहिराईन । यस्तै गरि दोश्रो बिजेता सेकेन्ड याना सिटौला घोसित भइन भने उनलाई गत बर्षकी बिजेता अन्जली शाहले ताज लगाईदिएकी हुन् । यसै गरि तृतीय उपाधि हात पारेकी चाँदनी थापालाई भने आयुश्मा नेपालले ताज पहिराइदिएकी थिइन् ।

अन्य विभिन्न विधामा प्रतीस्पर्धीहरुले सबटाईटल (उप शिर्षक) द्वारा सम्मान गरिएको थियो । जसमा बेस्ट स्माईल मनिषा तामाङ, बेस्ट ड्रेस ममता मोक्तान, बेस्ट वाक जुलि देउला, ब्युटिफुल हेयर ईशा गुरुङ, मिस फोटोजेनिक स्वीकृति ढुंगेल, मिस पंचल प्राश्ना श्रेष्ठ, मिस कन्फिडेन्स बिनी लामा, मिस एट्लेक्ट्स सारीका पाण्डे, मिस पर्सानिलिटी युना गुरुङ, मिस मल्टी मिडिया रितिका ढुंगेल, मिस पपुलर सुस्मिता श्रेष्ठ, मिस इन्टेलेक्चल युना सिटौला, मिस बब्ली भगवती तामाङ, मिस ट्यालेन्ट सन्ध्या कोइराला, मिस फ्राईन्डशिप चादनी थापा, मिस डिसिप्लिन डिकुटा लवजु, अर्गनाइजर चोइस कृषा घिमिरे रहेका छन ।

प्रतियोगिताको निर्णायक मण्डलमा ड्रेस डिजाईनर साबित्री ढुंगाना, लभिन अन्सारी, गायक तथा नायक कोशीस छेत्री, मिस ईभेरेस्ट नेपाल बिजेता दिप्ति श्रेष्ठ, सैपाल एकेडेमीका प्रिन्सिपल सुमन नगरकोटि, होटेल कन्ट्रीभिल्लाबाट एलिना धोजु, टेक्सास कलेजका निर्देशक नारायण पोखरेल र सास्वात कार्की रहेका थिए ।

प्रतिस्प्रधीहरुलाई कान्तिपुर फेशन हाउसको आकर्षित ड्रेस डिजाइन र राज मेकअप स्टुडियोको मेकअपमा आर्टिस्ट नेपाल स्टुडियोसले फोटोग्राफी गरेको थियो ।

प्रतिक्रिया