काजिश र ज्योती मगरको अहिले सम्मकै सर्वोकृष्ट अभिनयमा “नौ लाई शुन्य नब्बे ” को भिडियो सार्वजनिक

इनेप्लिज २०७५ जेठ २५ गते २१:५१ मा प्रकाशित
रोशन पोखरेल , काठमान्डौ , जेष्ठ २६
विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा रुपकुमार राई र मेनुका राईको “नौ लाई शुन्य नब्बे ” गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली साँगतिक क्षेत्रमा स्थापित बनिसक्नुभएका गायक  रुपकुमार राई र गायिका मेनुका राई तामाङको मौलिक लोकदोहोरी गीत बजारमा आएको हो ।
डि आर आतुको शब्द सिर्जना तथा राजु कार्किको एरेन्जमा सो गीत आएको हो । बैशालु युवा युवतिको कथालाई गीतमा रोचक रुपमा समावेश गरिएको छ । ठटयौली पारामा सिर्जना गरिएको गीतमा सर्वोकृष्ट रुपमा मायाको भावहरु समेटिएको छ । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । गीतमा ज्योति मगर र काजिश श्रेष्ठको अभिनय रहेको छ । “नौ लाई शुन्य नब्बे ” गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

प्रतिक्रिया