क्यानेडियन नेवा गुथि को १२ औँ बार्षिक साधारण सभा सम्पन्न

इनेप्लिज २०७५ जेठ २५ गते १०:१४ मा प्रकाशित

ब्राम्प्टन, क्यानेडियन नेवा गुथि को १२ औँ बार्षिक साधारण सभा हालै ब्राम्पटनमा सम्पन्न भएको छ। कार्यक्रमको शुरुमा गुथिका अध्यक्ष प्रकाश लाल प्रधानले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको उक्त साधारण सभाको एन.आर.एन. क्यानडाका सभापति गोपि कॄश्ण काफ्लेले कलात्मक पानसमा दीप प्रज्वलन गरि उदघाटन गर्नु भएको थियो। उदघाटन पछि आफ्नो मन्तब्य ब्यक्त गर्नु हुन्दै उहाँले भन्नु भयो ” क्यानेडियन नेवा गुथिले नेवाः सस्कॄति सम्बर्धन सम्बन्धि कार्यक्रमको साथसाथै नेपाली समुदाय लाई प्रतक्ष फाईदाहुने निशुल्क कर आबेदन शिबिर, जनचेतनामुलक स्वास्थ्य कार्यक्रम, नब आगन्तुक कार्यक्रम प्रशंसनिय रहेको बताउनु भयो ।साथै उहांले गुथि संग सहकार्य गर्न एन.आर.एन. क्यानडा सदैब तत्पर छ” भन्नु भयो।

कार्यक्रममा गुथिका महासचिब बिमल मान श्रेस्थले गत बर्ष संचालन गरिएका कार्यक्रमहरुको बिस्तॄत बिबरण पेश गर्नु हुन्दै ” उत्तर अमेरिका ब्यापि प्रथम नेवाः सम्मेलन” बिशेष कार्यक्रम रहेको बताउनु भयो। साथै उहांले आगामि अगस्त महिनामा ब्राम्प्टन नगर संग मिलेर “समे बजी” तथा चर्या एबम नेपाली नॄत्य कार्यक्रम र सेप्टेम्बरमा टोरोन्टो बिस्व बिद्यालय संग को सहकार्यमा “नेवाः परिकार प्रदर्शन ” कार्यक्रम हुने जानकारी दिनु भयो।

ओन्टारियो प्रान्तिय सरकारको सहयोगमा संचालित ” नेपाली नबआगन्तुकहरु संग नेपाली युबाहरुको संलग्नता” कार्यक्रमका संयोजक नबिन श्रेस्थ ले प्रतिबेदन प्रस्तुत गर्नु हुन्दै सो कार्यक्रम बाट युबाहरुले सामाजिक शीप अभिबॄद्दि गर्नुका साथै नब आगन्तुकहरुलाई सेवा प्रदान गर्न सफल रहेको छ भन्नु भयो। धन्यबाद मन्तब्य ब्यक्त गर्नु हुन्दै गुथिका उपाध्यक्ष उत्तम माकजूले सबैको सहयोग बाटनै गुथि आज यो अबस्थामा पुगेको र यो सहयोग निरन्तर हुने अपेक्षा गर्नु भयो ।

सोहि कार्यक्रममा गत सेप्टेम्बर महिनामा आयोजित वर्ल्ड नेवाः अर्गनाईजेसनको ” उत्तर अमेरिका ब्यापि प्रथम नेवाः सम्मेलन”को प्रतिबेदन को गुथिका कानूनी सल्लाहकार अतुल सुबेदिले बिमोचन गर्नु भएको थियो ।कार्यक्रमको शुरुमा धिमे, मादल, भुश्या, चाँप लगायतको तालमा युबा सदश्यहरुले राष्ट्रीय गान प्रस्तुत गरेकथिए भने धिमे बाजापनि प्रस्तुत गरेका थिए ।कार्यक्रममा नबआगन्तुकहरु सबिना शाक्य, मदन श्रेस्थ, अरुण थिंग, नबिना अवाल एबम नयाँ सदश्य लक्षमण तथा रेणुका किसिजुले आआफ्नो परिचय दिएका थिए। कार्यक्रमको संचालन गुथिका जन सम्पर्क प्रमुख नरेश ताम्राकार तथा युबा सदश्य आयुश्ना श्रेस्थले गरेका थिए ।

कार्यक्रमको दोश्रो सत्रमा कोषाध्यक्ष शोभा स्थापितले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन संशोधन सहित पारित गरेको छ भने सोहि साधरण सभाले प्रकाश लाल प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ।

प्रतिक्रिया