भक्तपुरमा पहिलोपटक ‘मिस एसइई सुपर ट्यालेन्ट’ प्रतियोगिता हुँदै

इनेप्लिज २०७५ जेठ २४ गते २२:५८ मा प्रकाशित

भक्तपुर: भक्तपुरको थिमीस्थित कृषि विकास तालिम केन्द्रको सभाहलमा मिस एसइई सुपर ट्यालेन्ट २०१८ हुने भएको छ। आयोजकले अशोक कमर्सियल एण्ड आवास कम्पनि प्रा.लि.को प्रस्तुतिमा यहि जेठ २६ गते शनिवार भक्तपुरमै पहिलोपटक कार्यक्रम हुने जानकारी दिएका छन।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको आयोजकले जनाएको छ। कार्यक्रम टेक्सस इन्टरनेसनल कलेज तथा र्याफल्स इन्स्टिच्युट अफ फेसन एण्ड आर्ट(रिफा) को सह-प्रायोजनमा आयोजना हुन लागेको आयोजकले बताएको छ।

गत फागुनको अन्तिम हफ्ताबाट सुरु भएको कार्यक्रम ४५ दिने तालिम सम्पन्न भएपश्चात आगामी शनिवार भव्य रुपमा ग्राण्ड फिनाले हुन लागेको छ। राष्ट्रभरका चार सयभन्दा बढी एसईई दिएका विद्यार्थीहरुमध्ये ११ जना प्रतियोगी फाइनालिस्ट बनेका छन। फाइनालिस्टहरु आन्तरिक प्रतिभा प्रस्फुटन र तालिममा सहभागी भएकामध्ये उत्कृष्ट लाई छनौट गरिएको आयोजकले जानकारी दिएको छ।

११ जना फाइनालिस्टमध्ये विजेता लगायत सम्पूर्ण फाइनालिस्टलाई शैक्षिक छात्रवृत्तिको साथै नगद उपहार प्रदान गरिनेछ। एकै छाता मुनि जीवनयोपगी शिक्षा र मुलभूत बिषयगत ज्ञान पाउने यो इभेन्ट एकमात्रै इभेन्ट भएको कार्यक्रमका संयोजक सन्दिप ढकालको दावी छ। ११ फाइनालिस्टहरु एकदमै उत्साही भएको बताउदै उहाँले भन्नुभयो, ‘हामीले गरेको मिहेनत, लगनशीलता र नेतृत्वले मिस एसइई सुपर ट्यालेन्ट २०१८ को माध्यमबाट शैक्षिक क्षेत्र र भविष्यको लागि मार्गदर्शन पहिल्याउन साथै कला, संस्कृति र सामाजिक क्षेत्रमा उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने छ।’

नेपाली समाजमा मोडलिङलाई नकारात्मक दृष्टिकोणले हेरिने भन्दै आयोजक टिमका सदस्य राज थापा कम उमेरका विद्यार्थीलाई मोडलिङको माध्यमबाट विश्वबजारमा प्रतिष्पर्धामा उतार्न सक्नुले नेपाली समाजमा चारिएको गलत दृष्टिकोणलाई विस्तारै हटाउन सकिने बताउनुहुन्छ। अथाह मिहेनत पश्चात कार्यक्रममा छनौट हुन सफल फानालिस्टहरुमा अमिषा पराजुली, अंकित रिजाल, आश्मी श्रेष्ठ, मनिषा कार्की, नब्सृना बसु, प्रतिमा श्रेष्ठ, पुष्पा धामी, राजश्री श्रेष्ठ, रेबिका बखुंचे, सरिना कुँवर र सुष्मा तामांग भएको उहाँले बताउनुभयो।

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा संसद महेश बस्नेतको प्रमुख अतिथिमा हुने कार्यक्रममा अशोक कमर्सियल एण्ड आवास कम्पनि प्रा.लि.का प्रोपाइटर अशोक लामा र टेक्सस इन्टरनेसनल कलेजका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठ बिशेष अतिथिको रुपमा उपस्थित हुनेछन ।

प्रतिक्रिया