गायिका रितु कंडेलको गीति भिडियो मोडेल रिमा के.सी.को जन्मदिनमा सार्वजनिक

इनेप्लिज २०७५ जेठ १८ गते २:५७ मा प्रकाशित

वाशिंगटन डी.सी., अमेरिका । नेपाली चर्चित गायिका रितु कंडेलको ‘ऋतुका फुल’ नामक गीति भिडियो मोडेल  रिमा के.वाशिंगटन डी.सी., अमेरिका । नेपाली चर्चित गायिका रितु कंडेलको ‘ऋतुका फुल’ नामक गीति भिडियो मोडेल रिमा के. सी.को जन्मदिनको अवसर पारेर युट्युब मार्फत सार्वजनिक भएको छ ।

रितु कंडेलको स्वरमा रहेको ‘ऋतुका फुल’ गीतको रचनाकार विरेन्द्र राई हुन् भने संगीत दीपक सिलवालको रहेको छ । अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको गीति भिडियोमा रिमा के.सी., राहुल के.सी.गुराँस निरौला लगायतको अभिनय रहेको छ । भिडियोको छायांकन चर्चित छायाँकार राजिव श्रेष्ठले गरेका हुन् भने कोरोयोग्रफी नवीन के.सी. र सम्पादन सुदन वस्नेतले गरेका छन् ।

युट्युब मार्फत अमेरिकाबाट सार्वजनिक भएको गीति भिडियोलाई दर्शकहरुले अत्याधिक रुचाउने निर्माण समुहले जनाएको छ । रिमा के. सी.को जन्मदिनको अवसर सार्वजनिक भएको गायिका रितु कंडेलको ‘ऋतुका फुल’लाई सफलताको शुभकामना तथा enepalese.com/ को तर्फ बाट मोडेल रिमा के. सी.लाई जन्मदिनको शुभकामना !

 

प्रतिक्रिया