अमेरिकाको क्यालिफोर्नियामा रक्तदान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७५ जेठ १७ गते ०:१८ मा प्रकाशित

 

क्यालिफोर्निया । अमेरिकाको उत्तर क्यालिफोर्नियामा ‘रक्तदान जीवन दान’ भन्ने मुल नाराका साथ बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यो रक्तदान कार्यक्रम ब्लड डोनर्स अफ अमेरिका BDA का संस्थापक अधक्ष तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त रक्तदाता, सम्मानित समाजसेवी अर्जुन प्रशाद मैनालिको सम्मानमा भएको हो।

यही मे २६ शनिवारका दिन सम्पन्न उक्त कार्यक्रमको आयोजना लायन्स क्लब सान लियान्द्रो मनकामना, नेपाल विश्व सहयोग संघ एनएजिसी तथा ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरले संयुक्त रुपमा गरेको हो। सो कार्यक्रमलाई अमेरिकअन रेड क्रस नर्दत्न क्यालिफोर्निया ब्लड सर्भिस्न रिजनको प्राविधिक सहयोग रहेको थियो। कार्यक्रममा अमेरिकन रेड्क्र्स उत्तर क्यालिफोर्निया सँयोजक ग्रेग जेन्सन, नेपाली कम्युनिटी सेन्टर तदर्थ समितिका तथा वानाका अध्यक्ष उत्तम कार्की, नेपाली जन संपर्क समिती अमेरिकाका केन्द्रिय सदस्य चन्द्र धिताल, सोही संस्थाका उत्तर क्यालिफोर्निया च्याप्टर सभापति पूर्ण शेर्पा, आयोजक संस्था लायन्स क्लब अफ सान लियान्ड्रो मनकामना का अध्यक्ष गोपाल बस्नेत, नेपाल विश्व सहयोग संघ एन ए जि सि का संस्थापक अध्यक्ष मणी नेपाली पनेरु, ब्लड डोनर्स अफ अमेरिका उत्तर क्यालिफोर्नियाका सँयोजक थलविर ओलि लगायत महत्वपूर्ण व्यक्तित्वको उपस्थिती थियो।

त्यसै गरी बुद्द नेपाल पिस फाउन्डेशनका अध्यक्ष चीनकाजी श्रेष्ठ, लायन्स क्लब अब बर्क्ली अन्न्पूर्णका पूर्व अध्यक्ष तथा गाइडिङ लायन ध्रुव थापा, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका निवर्तमान अध्यक्ष मनिल बाबु श्रेष्ठ, प्रसिद्द इमिग्रेसन अटोर्नी यज्ञ नेपाल, एन ए एन सि का उपाधक्ष हेमा पनेरु, सदस्य सागर श्रेष्ठ, समाजसेवी प्रिन्स युवराज कार्की,कमल भट्टराई, बिनी पाण्डे, माया धिताल, क्रिश्मा रन्जित, कोमल डोटेल, रोहित छेत्री लगायतको महत्वपूर्ण सहभागीता र सहयोग रहेको संयुक्त कार्यक्रम सँयोजक चन्द्र धितालले वताउनुभयो।

सो अवसरमा सहभागीहरुलाई फलफुलको रसहरु, फलफूल र अन्य पौश्टिक चमेनाको समेत व्यवस्था गरिएको रेडक्रसको हाता बाहिर सम्पन्न यस्तो रक्तदान कार्यक्रम नेपाली समुदयको ईतिहासमा पहिलो पटक सम्पन्न भएको बताइन्छ। रक्दाताहरु तथा सहभागीहरुलाई आयोजक संस्थाका प्रमुखहरु गोपाल बस्नेत, मणी नेपाली पनेरु, थलवीर वली तथा संयुक्त रक्तदान कार्यक्रमका सँयोजक तथा समाजसेवी चन्द्र धितालले प्रमाण पत्र तथा प्रसँशापत्रहरु वितरण गर्नु भएको थियो। यो पवित्र कार्यको प्रचारप्रसार गरिदिनु हुने संचार माध्यमहरु डिसी नेपाल, खुला मन्च, बि आर टि नेपाल, न्युज एन आर एन , नेपाल दुबइ, नेपाल स्विस, नेपाल ब्रिटेन लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ। ७५ जनाको सहभागीता रहेको सो रक्तदानमा ४५ उनिट रक्त सँकलन गर्न सकिएको अमेरिकन रेडक्र्सको सुत्रले बताएका थिए। समग्रमा कार्यक्रम भव्य र सभ्य भएको कुरा पर्यवेक्षकहरुले बताएका छन।

प्रतिक्रिया