अमेरिका बाट गीतकार भुपेन्द्र न्यौपानेको “अरु संग हास्दै बोल म सँग रिसाए पनि “को अडियो (श्रब्य दृश्य )सार्बजनिक

इनेप्लिज २०७५ जेठ १३ गते १७:५३ मा प्रकाशित

विजय थापा ,टेक्सस ,नेपालमा लामो समय देखि लेखन विधामा होमिएका यूवा गीतकार भुपेन्द्र न्यौपानेको “अरु संग हास्दै बोल म सँग रिसाए पनि “को अडियो (श्रब्य दृश्य ) सार्बजनिक भएको छ ।

अमेरिकामा बसेता पनि आफ्नो विधालाई निरन्तरता दिदै दिदै आएका न्यौपाने अमेरिकामा विभिन्न संघ संस्थामा आबद्ध रहेका छन् । उनले आफुले अमेरिकामा पनि समुदायमा आयोजना गर्ने विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यमा संयोजन गरेर कार्यक्रम गर्दै आएका छन् ।

साथसाथै समुदायका कार्यक्रमहरुमा विभिन्न पुरस्कार तथा सम्मान पाउने क्रम जारी छ । अडियो (श्रब्य दृश्य ) सार्बजनिक भएता पनि छायाँकनको सुरुवात राष्ट्रिय कलाकार तथा प्राबिधिक लिएर चलचित्र शैलिमा हुने न्यौपानेले ईनेप्लिज लाई बताए ।

यसको छायांकन सुरु भै सकेको र यसको भिडियो सार्बजनिक बिश्वब्यापी रुपमा अर्को हप्ता गरिने जानकारी न्यौपानेले दिएका छन् । जसका संगीतकार सन्तोष श्रेष्ठ ,गायक बिश्व नेपाली रहेका गीतकार भुपेन्द्र न्यौपानेले जनाए ।

यसको सम्पूर्ण जानकारी भिडियो सार्बजानिक संगै गरिने छन् ।

 

प्रतिक्रिया