सर्जक बानियाँको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार (फोटोफिचर)

इनेप्लिज २०७५ जेठ ११ गते २३:१५ मा प्रकाशित

काठमाडौं, ११ जेठ । लोकदोहोरी सर्जक सन्तोष बानियाँको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । यही जेठ ६ गते मलेसियामा आत्महत्या गरेर प्राण त्यागेका बानियाँको शब आजमात्रै स्वदेश ल्याईएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले सर्जक बानियाँको पार्थीव शरिरमा श्रद्धाञ्जली दिएका हुन । बानियाँको निधनले लोकदोहोरी क्षेत्रमा ठूलो क्षति पुगेको अध्यक्ष पंगेनीले बताए ।

उनले भने,‘मृत्यु साश्वत सत्य हो, तर बानियाँजीले जुन कार्य गर्नुभयो त्यसले परिवाजन, लोकदोहोरी गीतका पारखीहरुलाई दुःखित बनाएको छ, अर्कोकुरा अब कोहीपनि कलाकारमात्रै होईन नेपाली यूवाहरुले अर्काको देशमा मर्नुपर्ने स्थितिको अन्त्य गर्नतर्फ सबै लाग्नुपर्छ ।’

सर्जक बानियाँका बुबाले दागवत्ति दिएका थिए । गोरखा घर भएका सर्जक बानियाँका साथी बनेर, टुहुरी, बिरह लगायतका दर्जनौं लोक दोहोरी गीतहरु चर्चित छन् । बानियाँका श्रीमतीसँगै एक छोरी छिन् ।

तस्विर : धनराज बास्तविक

 

प्रतिक्रिया