पिएनपिखबर, भक्तपुर। नेपाली गित सङ्गितको डायरा फराकिलो हुदै जाँदा यस क्षेत्रमा नयाँ नयाँ आवाज हरुको प्रवेस पनि बढिरहेको भएपनी धेरै जसो क्षण भरमै हराएर गएका छन भने थोरैले मात्र आफुलाइ टिकाइराख्न सकेका छन् । ती थोरै मध्यकी एक हुन गायिका बबिना किराती। छोटो समयमै आफ्ना दर्शक श्रोताको मन जितेर गायिकाको रुपमा परिचय बनाउन सफल बबिनाले संगीतको महासागरमा पौडिन शुरु गरेको मात्र दुई वर्ष हुदैछ। यस बिचमा उनले दुई दर्जन जति गितलाई आफ्नो आवाजले जीवन दिसकेकी छिन भने नया गितहरुको रेकर्डिङमा ब्यस्त छिन ।
गायक कलाकार हरुको उर्बर भुमिको रुपमा परिचित खोटाङको बुइपामा जन्मिएकी बबिना पप रक गित गाउछिन्। तर उनले पछिल्लो समयमा आधुनिक र शास्तृय गितहरु गाएर आफुलाइ भर्सटाइल गायिकाको रुपमा आफुलाइ उभ्याएकी छिन । धेरै श्रोताले मन पराएको उनको आधुनिक गित “काडा हो कि फूल हो माया… ” हो जसमा मिलन किरातीको शब्द र बिक्रम राईको सङ्गीत रहेको छ । अन्य गित हरुमा ‘घाम पानी घाम पानी…शान्तिले मात्र पुग्दैन… छिया छिया .. मनकी भारी बिसाउला ..’ आदि चर्चित छन भने थुप्रै आइटम गितहरु रिलिज हुने अन्तिम तयारिमा छिन ।
नेपाली गित सङ्गीत प्रतिको सम्मान माया र काम प्रतिको अनुशासन लगनशिलताले नै आफु राजधानी बाहिरबाट आएर पनि काठमाडौँमा बस्दै उल्लेख्य रुपमा दर्शकश्रोता कमाउन सफल भएको बताउने बबिना किरातिले नेपाली कथानक चलचित्र ‘मट्टी माला’ मा ‘बेची दिन्थे यो जवानी किन्ने कोहि भइदिए’ बोलको गीतमा आफ्नो स्वर दिएकी छिन्।
चलचित्र ‘मट्टी माला’मा तिनवटा गीत समाबेश गरिएको छ। सबै गीतको संगीतको पाटो भने संगीतकार सुमन राईले सम्हालेका छन्। भोजपुर स्थायी घर भएका सुमन विदेश जान भनेर काठमाडौँ छिरेका थिए। उनी विदेशी भूमिमा करिब ६ वर्ष जति बसेर फेरी नेपालमा नै फर्किय। उनी सानै देखि गीतसंगीतमा रुचि राख्थे। त्यसैले पनि उनले नेपाल फर्किएपछि गीतसंगीतमा नै केहि गर्ने सोच बनाए। उनी यो क्षेत्रमा लागेको २१ वर्ष भैसकेको छ। उनले करिब ४०० भन्दा बढी गीतमा संगीतकारको भूमिका निर्बाह गरिसकेका छन्।
बुद्धि तामांग ‘हैट’ र रजनी गुरुंग ‘मंगली’को मुख्य भूमिका रहेको चलचित्र ‘मट्टी माला’ को आइटम गीत ‘बेचीदिन्थे यो जवानी’ गीतमा बबिना किराती र बिक्रम राइको स्वर रहेको छ भने संगीत भर्ने काम सुमन राइले गरेका छन्।
सुमन राई भन्छन्,’म बबिनाको गाउँमा जाँदा देखि नै उनलाई चिन्थे। गीत नै गाउछिन भन्ने चाही थाहा थिएन। पछि गाउछिन भन्ने थाहा पाए आवाज पनि रक प्याटर्नमा सुहाउने भएकोले उनलाई यो गीत गाउन अफर गरे।’
अफर पाए अनुसारको सन्तोषजनक गीत गएकी छिन् बबिनाले पनि। यो अफर पाएकोमा उनी आफुले आफुलाई भाग्यमानी ठान्छिन्।
हेर्नुहोस् भिडियो :
प्रतिक्रिया