अमेरिका, अमेरिकाको फ्लोरिडामा बस्दै आएका नेपाली युवाहरुले एक अग्नी नामक ब्याण्ड स्थापना गरी पहिलो गीत सार्वजनिक गरेका छन । सन् २०१७ मा स्थापना गरिएको यस ब्याण्डले तिम्रो मनको बोल नामक गीत सार्वजनिक गरेका हुन ।
यस व्याण्डमा भोकलमा प्रदिप घिमिरे, गिटारमा निरोज महर्जन, बाँसमा पंकजनाथ शर्मा, लिड गिटारमा अनुज श्रेष्ठ, किजमा सलिना मालाकार, ड्रममा जोहन आडम्स रहेका छन । टिम निर्माण र गितको स्तर हेर्दा यो ब्याण्ड भविश्य बोकेको देखिन्छ । विभिन्न पेशमा आवद्ध यस ब्याण्डमा शोखका कारण खोलिए पनि व्यवसायिक भन्दा कम छैन ।
भोकलिष्ट प्रदिपका अनुसार पहिलो गीत संगै अरु गीतहरु पनि तयार पार्ने काम धमाधम भैरहेको बताए । स्वदेशमा रहँदा पेशाका रुपमा अंगाले पनि विदेश आएपछि पेशा परिवर्तन गर्नुपर्ने बाध्यताभए पनि केहि नेपालीहरुले विदेशमा पनि निरन्तरता दिई रहेका छन । यस समुहमा आवद्ध व्यक्तिहरुले यस अघि पनि नेपाली पर्वमा आफ्नो प्रस्तुति गर्दै आई रहेका थिए ।
प्रतिक्रिया