अनेसास केन्द्रीय कार्यसमितिको निर्वाचनको लागि निर्वाचन समिति गठन

इनेप्लिज २०७५ जेठ ७ गते १:४३ मा प्रकाशित

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति (२०१८-२०२०) को निर्वाचनका लागि प्रमुख निर्वाचन आयुक्त भिम कार्की, निर्वाचन आयुक्तहरु द्वय डा. चुडामणि खनाल र प्रविण भण्डारी रहनु भएको निर्वाचन समिति गठन गरिएको छ ।

गत अप्रिल १५, २०१८ मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यसै गरी निर्वाचनलाई निष्पक्ष, धाँदलीरहित र पारदर्शी बनाउन आवश्यक सुझाव तथा सल्लाह प्रदान गर्न पूर्व निर्वाचन प्रमुखहरु बिमल नेपाल र तीर्थराज पाण्डे रहनु भएको सल्लाहकार समिति पनि गठन गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वर्तमान बिधानअनुरुप केन्द्रीय कार्यसमितिको निर्वाचन निष्पक्ष, धाँदलीरहित र पारदर्शीरुपमा तोकिएको समयमै सम्पन्न गर्न र मतदाताहरुको नामावली अध्यावधिक गर्न निर्वाचन समितिले निर्वाचन कार्यक्रम छिट्टै प्रकाशन गर्ने छ ।

निर्वाचन समितिलाई तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न गराउने र मतदाता नामावली अध्यावधिक गर्ने कार्यमा पूर्ण सहयोग गर्न अनेसासका सबै च्याप्टरहरु, आजीवन तथा ट्रष्टी सदस्यहरुलाई अनुरोध केन्द्रीय कार्यसमितिका महासचिव गोबर्धन पूजा द्वारा जारी एक छापामा गरेका छन् ।

यसको साथै निर्वाचन प्रक्रिया, मतदाता नामावली अध्याबधिक गर्ने आदि सम्बन्धमा कुनै प्रश्न भएमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरुलाई निम्नलिखित इमेलमा सम्पर्क गर्नु हुन समेत आग्रह गरेको छ ।

श्री भीम कार्की, प्रमुख निर्वाचन आयुक्त : [email protected] ,डा. चुडामणि खनाल, निर्वाचन आयुक्त : [email protected]
श्री प्रबिण भण्डारी, निर्वाचन आयुक्त : [email protected]

प्रतिक्रिया