तिमीले बाटो फेर्यौ अरे’ करोड क्लबमा प्रवेश, राजेश र मेलिनाले काटे केक [हेर्नुहोस् भिडियो

इनेप्लिज २०७५ जेठ ६ गते ११:२० मा प्रकाशित

​ पिएनपिखबर, भक्तपुर। ‘तिमीले बाटो फेर्यौ अरे’ बोलको सुमधुर गीतमार्फत गीतकारका रुपमा चिनिएका दर्पण राई हिजोआज नेपाली सांगीतिक क्षेत्रमा चर्चामा छन्। दर्पण राई ‘तिम्ले बाटो फेर्यौ अरे’ बोलको गीतबाट निकै प्रख्यात भएका गीतकार हुन्। उनी ओझेलमा परेका एक प्रतिभाशाली कलाकार हुन् भन्दा पनि खी फरक नपर्ला। दर्पण राईले भ्यालेन्टाईम विशेष गीतमा गीतकार र मोडलको रुपमा पनि काम गरिसकेका छन्। उनले थुप्रै गीतहरु लेखिसकेका छन्। भर्खरै मात्र ‘मायामा जाल्झेल भो’ बोलको गीतले पन चर्चा बटुल्न अफल भएको छ। उनी कलाकारिता क्षेत्रमा मात्र जमेका छैनन् व्यवसायीमा पनि उत्तिकै सहभागी छन्। उनको आफ्नो थुप्रै व्यवसायहरु छन् जुन मेडिया समक्ष कमै प्रचारप्रसार भएको पाइन्छ।

उनी आफ्नो व्यवसायलाई मेडियामा त्यति खुलेर पनि बताउन चाहदैनन्। उनी म्यानपावर कम्पनीका मालिक हुन् साथै उनको क्यापिटल पेन्टिङ् ग्रुप नामक पेन्टिङ् कम्पनि र सेवा बचत तथा ऋण सहकारी संथा नामक सहकारी पनि रहेको छ। व्यसायिक हिसाबले हेर्ने हो भने पनि उनी सफल नै छन्। उनको यो अथाहा मेहेनतको कारणले गर्दा नै आज उनी आम दर्शक माझ चिनिएका छन्। सबैको दिन आउँछ भने झैँ उनको दिन पनि ‘तिम्ले बाटो फेर्यौ अरे’ बोलको गीतमार्फत नै फेरियो। गीतकार दर्पणको ‘तिम्ले बाटो फेरेऊ अरे’ पहिलो गीत हो । त्यसपछि उनले ‘तिमिलाई मनपराउनु’, ‘बेबी आईलभ यू’ जस्ता चर्चित गीतहरु लेखिसकेका छन् । मोडल तथा म्युजिक भिडियो निर्देशक समेत रहेका दर्पणको भाग्य चम्किएको नै सायद यहि गीत मार्फत नै होला।

थुप्रै भर्सनमा उनले उक्त गीत निकालेका छन् र अझै पनि निकाल्ने सोचमा छन्। मेल भर्सन, फिमेल भर्सन, किड् भर्सन र फिल भर्सनमा यो गीत आइसकेको छ । पहिलोपटक राजेश पायल राईले स्वर दिएको यस गीतमा मेलिना राईले फिमेल भर्सनमा स्वर दिइन् । त्यसपछि जिग्मे छ्योकी घिसिङले किड् भर्सनमा गाइन् । अहिले यही गीतका संगीतकार टंक बुढाथोकीले फिल भर्सन गाएका छन् । यो गीत उनले फरक फरक भर्सनमा मात्र निकालेनन् उनले उक्त गीत अरुलाई पनि गाउन मौका दिएका थिए। गीत गाउने मध्य उत्कृष्टलाई छानेर दर्पणकै अर्को गीत गाउन दिने अफर साथै दस हजार पुरस्कार पनि दिने घोषणा गरेको थिए ।

अहिले करिव १२०० भन्दा बढीले यो गीत कभर गरिसकेको उनको ठम्माई रहेको छ। करोडौ भ्युज पाउन सफल ‘तिम्ले बाटो फेर्यौ अरे’ बोलको गीत दर्शकले निकै रुचाए। एकै गीतलाई विभिन्न भर्सनमा ल्याएर चर्चामा आएका राई यस गीतलाई अब भने गे भर्सन ल्याउने सोचमा छन्। यस गीतले एक करोड भ्यु क्रस गरेको उपलक्ष्यमा एमएमएस ईन्टरटेन्टमेन्टले सेलिव्रेसन कार्यक्रमको आयोजना गरेको छ । राई इज-किङ राजेशपायल राई र गायिका मेलिना राईले यसै अवसरमा केक काटेका छन् । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि गीतको टीमले सेलिव्रेशन कार्यक्रम आयोजना गरेका हुन् । गीतले करोड भन्दा बढी भ्युज पाएर पनि आफ्नो कदम नरोकिएको बताउँदै मोडल तथा गायिका सम्झना रार्इले यो नेपाली साँगीतिक आकाशमा विशेष उपलब्धी रहेको पनि बताईन् । हेर्नुहोस् भिडियो : ​

प्रतिक्रिया