होस्टेल जानु अघि आमा सम्झेर यसरी भावुक बने ध्रुव बिक [हेर्नुहोस् भिडियो सहित]

इनेप्लिज २०७५ जेठ ४ गते ११:२५ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : पछिल्लो समय मिडियामा बाल प्रतिभाहरु निकै भाइरल भइरहेका छन्। भाइरल हुनेमा ध्रुव बिक पनि एक हुन्। ध्रुब बिक काठमाडौँबाट १२०० किलोमिटर टाढा रहेको नेपालको प्रदेश नं. ७ को अति विकट ठाउँ बाजुराका बासिन्दा हुन्। असाध्यै मिठो सुरतालमा गाउछन् उनी।

करिव एक वर्ष अघि उनले एक कार्यक्रम ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाउदै गरेको भिडियो सामाजिक संजालमा निकै भाइरल भयो। लाखौ दर्शकले उनको गायन मन पराए । मिठो स्वरका धनी ध्रुव बिकको भिडियो सामाजिक संजालमा भाइरल त भयो तर उनलाई काठमाडौँ सम्म ल्याएर उनको प्रतिभा निखार्ने प्रयास कसैले गरेन।

बिकट ठाउँमा आफ्नो आवाज सिमित राख्न बाध्य थिए ध्रुव बिक। एकाएक उनको भाग्य नै फेरियो। उनको भिडियो एक विशाल हृदय भएका व्यक्ति युवराज खत्रीको नज़रमा पर्यो। कला भएर पनिअवसर नपाएका ध्रुव बिकलाई उनले आफै बाजुरा गएर काठमाडौँ सम्म ल्याए।

आफ्नो मुटुको टुक्रा अरुको हातमा सुम्पिन कुन आमाको मनले मान्छ र ? तर पनि आफ्नो छोराको उज्ज्वल भबिष्यको लागि भए पनि मुटुमा ढुंगा राखेर ध्रुव बिककि आमा सुना बिकले छोरालाई काठमाडौँ पठाउने निर्णय गरिन्। भविष्यमा गायक बनोस् भन्ने रहर सुना बिकलाई पनि नभएको होइन । घरको आर्थिक अवस्थाकै कारण उनको सपना बाजुरामा सम्भव नहुने भएको कारण उनलाई स-परिवारसँगको सल्लाह पश्चात काठमाडौँ ल्याइएको हो।

हुन त अहिले ध्रुव बिक काठमाडौँ आएको ६ दिन भइसकेको छ। यो समय बीचको अन्तरालमा उनले धेरै मिडियामा अन्तर्वार्ता दिदै आफ्ना प्रतिभा सबै माझ पस्किने मौका पाए। आजको दिन सम्म काठमाडौँ नआएका ध्रुवको संगीत सँग-सँगै पढाईलाई पनि अघि बढाउन अत्यन्त जरुरि भएकाले हाल उनलाई पढ्ने व्यवस्था पनि मिलाइएको छ। उनी भोलीबाट काठमाडौँको कपन बलुवाखानीस्थित तिरुपति इङ्गलिस बोर्डिङ्ग हाई स्कुलमा पढ्नका लागि जाँदै छन्। पिएनपि मिडियाको सहकार्यमा नै उनी भोलीबाट विद्यालय जान लागेका हुन्।

तिरुपति इङ्गलिस बोर्डिङ्ग हाई स्कुलका प्राचार्य तेन्जीङ् भुटियाको विशाल ह्रदयप्रति पनि पिएनपिखबर उत्तिकै आभारी रहेको छ। कक्षा ७ देखि कक्षा १० सम्म छात्रवृत्ति दिएर पढाउने भुटियाको निर्णय नै एकदम महान् छ।

ध्रुव बिक जुन विद्यालयमा पढ्नको लागि जाँदै छन् उक्त विद्यालयमा संगीतको पनि राम्रो व्यवस्था रहेको छ। उनको सांगीतिक यात्रा अब पढाई सँग-सँगै निखारीदै जाने पक्का छ।

विद्यालय जानु अघि हामीले ध्रुव बिकसँग छोटोमिठो कुराकानी गरेका छौँ । कुराकानीमा बाजुरा छोडेर काठमाडौँ बस्दाको अनुभव, घरपरिवारसँग बिछोडिनु पर्दाको क्षण उनले यसरी बताए।

हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया