एकता सभामा यसरी भक्कानिएर रोए प्रचण्ड,के कुराले प्रचण्डलाई आशु झार्ने बनायो(भिडियो सहित)

इनेप्लिज २०७५ जेठ ४ गते १०:२० मा प्रकाशित
एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको घोषणा गर्दा भने प्रचण्ड निकै भावुक बने । पुनर्गठित पार्टीका दुईअध्यक्ष मध्येका एक प्रचण्डले सम्बोधन गर्ने क्रममा पटक पटक उनको गला अवरुद्ध भयो । एकता सभालाई सम्बोधन गर्ने क्रममा आफूलाई शब्दको दुःख भएको प्रचण्डले बताए ।
आफूले कमजोरी गर्दा देश र जनताले दुःख पाउने र राम्रो निर्णय गर्दा देश अघि बढ्ने गरेको स्मरण गर्दै उनले एमाले र माओवादीको एकता ‘महान छलाङ’ भएको बताए । प्रचण्डले अहिले नेताहरु सांसद र मन्त्री बन्न प्रतिस्पर्धा गर्ने गरेको बताएका छन् । नेकपाको एकता घोषणासभा सम्बोधन गर्दै प्रचण्डले भने ‘पहिला पहिला नेताहरु मर्ने लडाइँमा म पहिला जान पाउ भनेर प्रतिस्पर्धा हुन्थ्यो तर अहिले सांसद, मन्त्री, प्रधानमन्त्री हुनु पर्यो भनेर प्रतिस्पर्धा हुने गरेको छ ।’ यति भनिरहँदा प्रचण्डको गला अबरूद्द भएर भक्कानिएका थिए  ।
प्रचण्डले अब देशमा नयाँ सुगको सुरुवात भएको बताएका छन् । आफूहरुको उद्देश्य जनतालाई खुसी र राष्ट्रलाई सुदृद्ध बनाउने रहेको भन्दै भविष्यमा सामाजिक न्यायसहितको आर्थिक समद्धिद्वारा देशलाई समाजवादतर्फ लैजाने भएको पनि बताए । अस्थिरता र अराजकताको युग समाप्त भई आर्थिक समृद्धिको युग सुरुवात भएको पनि बताए ।
पार्टी एकता हुँदै गर्दा कसरी एकतालाई अभिव्यक्त गर्ने भन्नेमा शब्दको दुख भइरहेको बताउँदै प्रचण्डले विश्वलाई नै स्थिरता, विकास र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण र बहुआयामिक भएको बताए ।
पुरा भिडियोमा हेर्नुहोस यसरी रोएका थिए प्रचण्ड आशु झर्दै गर्दा पनि उनि बोल्दै थिए

https://www.youtube.com/watch?v=lHWiKVyKsbg

प्रतिक्रिया