‘रोड शो टु पोखरा’ वैदेशिक अध्ययनमा जान चाहनेलाई निःशुल्क परामर्श

इनेप्लिज २०७५ जेठ ३ गते १०:५६ मा प्रकाशित
जेठ ३,पोखरा – वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी काठमाण्डौं इन्फोसिस पोखरा शाखाले शुक्रबार ‘रोड शो टु पोखरा’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।  मनसोना स्क्वायर, न्यूरोड पोखरामा विहान १० बजे देखि दिउँसो २ बजे सम्म कार्यक्रमको आयोजना हुने ब्रान्च निर्देशक अर्जुन गुरुङ्गले बताउनु भयो ।
उक्त सेमिनार कार्यक्रममा केअक्, आईसफ्, उस अट्क  बाट सर्टिफाइड काउन्सिलहरुको प्रत्यक्ष सहभागितामा विद्यार्थीहरुले आफू जान चाहेको देश र अध्ययन प्रकृया र लाग्ने खर्चका बारेमा जिज्ञासा राख्न पाउने छन् ।
पछिल्लो समय बैदेशिक अध्ययनमा नेपाली विद्यार्थी हरुको रुची बढेको पाईन्छ । जसमा अमेरिका तथा अस्ट्रेलिया मुख्य गन्तव्य बनेका छन् । सजिलो भिजा प्रकिया र अध्ययन पछी पोस्ट स्टडी वर्क अर्थात पढे पछी काम गर्न पाईने र पिआरको लागी पनि अप्लाई गर्न सकिने भएकोले नेपाली विद्यार्थीहरु बैदेशिका शिक्षा आर्जन गर्न आकर्षित भएको ईक्यान केन्द्रिय उपाध्यक्ष तथा काठमाण्डौं इंन्फोसिसका सिईओ राजेन्द्र रिजाल बाटऔनु हुन्छ । इंफोसिसले विगत १२ वर्ष देखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई निःशुल्क परामर्श सेवा तथा टोफेल आईल्टिएस कक्षा संचालन गर्दै आएको छ ।

प्रतिक्रिया