युवाले चाहे असम्भव केहि छैन: डाक्टर र युवा मिलेर बिरामीको निशुल्क उपचार(भिडियो सहित )

इनेप्लिज २०७५ जेठ २ गते ११:२३ मा प्रकाशित
आफुलाई चोट पर्दा सबैलाई दुख्छ, तर अरुलाई चोट पर्दा पनि दुख्ने मान्छे भने एकाध मात्र भेटिन्छन् l त्यस माथि पनि अन्जान व्यक्तिलाई चोट पर्दा रुने मान्छे यो समाजमा बिरलै भेटिन्छन l आज हामीले यस्तो एउटा व्यक्तिको कथा प्रस्तुत गर्दैछौ जसको कथा यो समाजमा नै उदाहरणीय छ l नेपालको एक राष्ट्रिय दैनिकमा छापिएको एउटा खबर थियो प्युठान राजकोट गाउपालिका कि धनी बिकको दाउरा खसाल्न रुख चढ्ने क्रममा रुखबाट लडेर खुट्टा भाचियो l जग्गा जमिनको नाममा केहि नभएकी धनीको परिवारको आर्थिक अबस्था पनि अति बिपन्न थियो l त्यसैले गाउलेले नै आर्थिक सहयोग जुटाएर उनको खुट्टाको अप्रेशन गरिदिए l बुटवल आएर अप्रेशन गरिकी धनी बिक त्यसपछि कहिले हिडडुल गर्न सकिनन् l
 
ज्याला मजदुरी गरेर खाने उनको परिवारले आर्थिक विपन्नताका कारणले उनको खुट्टामा हालिएको पाता ७ बर्षसम्म पनि निकाल्न सकेनन l सोहि खबर पढेपछि खोटाङमा जन्मिएका सामाजिक अभियन्ता तथा राजनीतिज्ञ राज बस्नेतले विभिन्न श्रोतसाधनहरुको उपयोग गरेर उनलाई सम्पर्क गरे l उनले धनीको निशुल्क उपचारका लागि हाल उनलाई काठमाडौं ल्याएका छन् l राज मात्र होइन सानेपा स्थित स्टार हस्पिटल र डाक्टर सुमन बाबु मरहठ्ठाले समेत यो अभियानमा साथ दिएर नेपाली हुनुको गौरव महसुश हुने कार्य गरेका छन् l उपचारका लागि लाग्ने औषधि, निशुल्क सर्जरी र हस्पिटलले वाड तथा अन्य सुबिधा उपलब्ध गराउने जानकारी दिएका छन् l
 
चार बर्षको नाबालक छोरा, जेठी छोरी र आफ्नो दिदीको साथमा स्टार हस्पिटलको शैयामा सुतिरहेकि धनी बिक उपचार पश्चात पहिले जस्तै हिडडुल गर्न सक्छु कि भन्ने आशमा प्युठानबाट दश हजार ऋण काढेर काठमाडौं आएकी हुन् l बिगतमा पनि आर्थिक अवस्था दयनीय भएकै कारण राजकोट गाउँपालिकाका प्रमुख ध्रुब खनालको पहलमा चन्दा सङ्कलन गरि धनीलाई बुटवल अस्पतालमा उपचार गराईएको थियो l
 
खेति किसानी गरेर सात जनाको परिवारको जिबिकापार्जन गर्नुपर्नेमा हर्ताकर्ताको नै अशक्त अवस्था भए पछि बिक परिवार यति बेला गम्भिर समस्यामा परेको छ l स्टार हस्पिटलको चिकित्सक सुमनबाबु मरहठ्ठा र राज बस्नेतको पहलमा बिकको खुट्टाको अप्रेशन त सफल होला तर सात जनाको परिवारलाई लालनपोषण, शिक्षादिक्षा तथा उज्यल भबिष्यको लागि भने धौ -धौ पर्ने देखिन्छ l
हेर्नुहोस् भिडीयो:

प्रतिक्रिया