बाबुआमाको सेलरोटी बिजनेसमा यी छोरीहरुको यस्तो साथ { हेर्नुहोस भिडियो सहित }

इनेप्लिज २०७५ जेठ १ गते ११:१४ मा प्रकाशित

पिएनपि मिडिया, ३१ वैशाख : व्यपार व्यसायमा अनामनगरस्थित अनिशा खाजाघर निकै चर्चित छ। खाजाघर चर्चित मात्रै हैन ति खाजाघरका परिवार पनि निकै चर्चित छन्। स्याङ्गजाबाट ५ रुपैया बोकेर २०४७ सालमा काठमाडौँ छिरेका अमृत ढकाल संघर्ष गरे अनुसार सफल पनि भएका छन् । आफ्नै देशमा केहि गर्नु पर्छ भन्ने भावना बोकेका अमृतलाई कहिले विदेशको मोहले छोएन बरु आफ्नै देशमा मेहेनत संघर्ष गर्ने जोस जागर चल्यो।

काठमाडौँको अनामनगरमा बिगत ६ बर्ष देखि मिठो सेल रोटि बनाउने र बेच्ने व्यापारीको रुपमा प्रख्यात छन् अचेल उनी। सेल रोटि बेचेरै अहिले पाच जनाको परिवार खुसिका साथ जीवन चलाई रहेका छन् । अमृत ढकालका श्रीमती र तीन जना छोरीहरु छन् । ढकालका जेठी छोरी अहिले त्रिचन्द कलेजमा मास्टर्स पहिलो सेमेस्टरमा पढ्दै छिन ।

माइली छोरी नोबेल कलेजमा बीबीए तेस्रो बर्षमा अध्ययन गर्दै छिन भने कान्छी छोरी चाँही एसइई दिएर बसेकी छिन् । तिनैवोटा छोरी आफुले भ्याएको बेला बाबाममीलाई सघाउने गर्दछन्। सबै अब्बल छन् ,दक्ष छन्, पढेलेखेका छन् त्यहिँ पनि उनीहरुलाई आफ्नो पसलमा भाडा माझ्न देखि टेबल पुछ्न सम्म न केहि लाज छ न त कुनै संकोच नै। काम सानो ठुलो हुन्न, पढ़ेकोले काम गर्न नहुने भन्ने होइन भन्छन् उनीहरु।

उनलाई राम्ररी याद छ कि व्यवसाय शुरु गर्दा उनी सँग जम्मा १७०० थियो। घरकै भाडाकुडा पसलमा ल्याएर निकै संघर्षका साथ व्यवसाय गरेका अमृत अहिले दिनमा नै कम्तिमा १०,००० व्यापार हुने बताउछन्। अहिले ठ्याक्कै ६ वर्ष भएछ पसल संचालान गरेको। ६ वर्षको अन्तरालमा ग्राहकको सकारात्मक प्रतिक्रिया र आफ्नो व्यवसायको सन्तोषजनक कमाईले मख्ख परेका अमृत संघर्ष गरे अनुसारको सफलता पाएकोमा निकै खुसि छन्।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया