उपकुलपति प्रो. डा. नरेश मान बज्राचार्य द्वारा क्यानडाको ब्राम्प्टनमा ” हरित तारा मण्डला पूजा” सम्पन्न

इनेप्लिज २०७५ जेठ १ गते १०:४८ मा प्रकाशित


ब्राम्प्टन, लुम्बिनी बौद्ध बिस्वबिद्यालयका उपकुलपति प्रो. डा. नरेश मान बज्राचार्य द्वारा क्यानडाको ब्राम्प्टनमा ” हरित तारा मण्डला पूजा” पशुपतिनाथ नेपाली मन्दिरमा, ब्राम्प्टन मा हालै सम्पन्न गर्नु भएको छ। बिशुद्द बौद्द धर्म परम्परा अनुसार कलश, बज्र, घण्टा, टोर्मा, हरित तारा मण्डला, सुकुन्दा, सिन्हंमू, ज्वाला न्हायकं लगायत का पूजा सामाग्रीहरु सहितको सो पूजा पूर्ण बिधिबत रुपमा संचालन गरिएको थियो।

 

पूजा पस्चात धार्मिक प्रबचन दिनु हुन्दै प्रो. डा. नरेश मान बज्राचार्यले ताराको अर्थ र हाम्रो जीबन संग हरित ताराको सम्बन्ध बारे बोल्नु हुन्दै तारा करुणाको प्रतिक रहेको र हामी सबै तारा जस्तै करुणामय भए हाम्रो जीबन सार्थक हुने बताउनु भयो। हरित रंग प्राण बायुको पनि प्रतिक भएको र अरुको सेवा गर्न आफुमा सदैब यो बायु हुनु पर्ने बताउनु भयो।

पूर्बिय दर्शन बारे बोल्नु हुन्दै उहाँले भन्नु भयो “पूर्बिय दर्शन भनेको आध्यात्मिकताको आधार हो र यसले समाज, समुदाय र परिवार प्रति आफ्नो जिम्मेवारी बोध गर्छ, जुन कुरो पक्षिमि दर्शनमा अभाब छ त्यसैले हामीले पक्षिमि समाजलाई सिकाउने कुरो धेरै छ। यसरि राम्रोबिचार प्रबाह गर्न सक्यौ भने बिदेशमा हामी प्रतिको दॄश्टिकोण सकारात्मक भै असल समाजको निर्माण हुन जान्छ। यो नै आजको आबश्यकता हो।

सो कार्यक्रममा गुथिका उपाध्यक्ष उत्तम माकजू, महासचिब बिमल श्रेस्थ, नेपलिज क्यानेडियन हेरितेज सेन्टरका डा. लीला भण्डारीले पूजा तथा प्रबचनको मह्त्व एबम जीबनोपयोगिता बारे प्रकाश पार्नु भयो भने जजमानको तर्फ बाट पूजाको नेतॄत्व गुथिका अध्यक्ष प्रकास प्रधान एबम रिद्दि प्रधानले गर्नु भएको थियो।

उपकुलपति प्रो. डा. नरेश मान बज्राचार्य अमेरिकाको बिभिन्न स्थानमा नेवाः बज्रयान बौद्द धर्म सम्बन्धि प्रबचन सकेर क्यानडाको टोरोन्टो बिस्वबिद्यालय एबम अन्य संघ संस्थामा प्रबचन दिने क्रममा टोरोन्टोमा हुनु हुन्छ।

प्रतिक्रिया