सारिका के.सी.को मनको कुनामा बस्ने रमेश थापा को हुन ?(भिडियो सहित)

इनेप्लिज २०७५ वैशाख ३१ गते २३:२० मा प्रकाशित

काठमाडौं । म्युजिक भिडियोमा जमेकी मोडल सारिका के.सी.को मनको कुनामा अर्का मोडल रमेश थापाले बास पाएका छन् । थापाले यस्तो बास वास्तविक रपमै नभएर हालै सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा पाएका हुन् ।

शिरबन्दी डिजिटलले बजार व्यवस्थापन गरेको लोक तथा दोहोरी गीत मेरो मनको कुनामा भित्र जमुना गैरे र विशाल पाख्रिनको संयुक्त शब्द र स्वर समेत रहेको छ भने गीतमा लय सिम्रन मोक्तान तामाङको रहेको छ । करण चैसीरको छायाँकनमा कपिल लामाले निर्देशन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

तीन दर्शनको हाराहारीमा म्युजिक भिडियोहरुमा आफ्नो कला कौशल देखाई सकेका मोडल रमेश थापाले यस गीतले आफ्नो परिचय अझ स्थापित गर्न सहयोग पुर्याउँने विस्वास ब्यक्त गरेका छन् ।

प्रतिक्रिया