प्रियंकाको टेलिभिजन कार्यक्रम बन्द

इनेप्लिज २०७५ वैशाख ३१ गते ११:२८ मा प्रकाशित

लसएञ्जलस । अमेरिकी टेलिभिजन एबिसीबाट प्रसारण भइरहेको प्रियंका चोपडा अभिनिय चर्चित ‘क्वान्टिको’ सिरिज स्थगित हुने भएको छ । प्रसारण गर्दै आएको टेलिभिनले प्रियंकासहित थुप्रै टिभी शो बन्द गर्ने निर्णय गरेपछि प्रियंकाको शो पनि बन्द हुन लागेको हो ।

सिरिजको तेस्रो सिजन प्रसारणरमा छ । टेलिभिजनले नयाँ कार्यक्रम गर्ने निर्णय लिएपछि टिभीका करिब आधा दर्जन टेलिभिजन कार्यक्रम बन्द हुन लागेका हुन् ।

शो बन्द हुनेभएपछि प्रियंकासँग साथै काम गरिरहेका शोका कलाकार काल पेनले ट्वीटमा प्रियंकालाई सम्बोधन गर्दै फिल्म गरौं भनेर सोधेका छन् । जवाफमा प्रियंकाले ‘गरौं गरौं’ भनेर जवाफ फर्काएकी छन् ।

प्रियंकाको हातमा सो टेलिभिजन शोसँगै दुईवटा हलिउड फिल्ममा काम गरिरहेकी छन् । उनी ‘अ किड लाइक जेक’ तथा ‘इजन्ट् इट रोमान्टिक’मा हाल व्यस्त छिन् । यसअघि प्रियंकाले चर्चित अमेरिकी टिभी शो ‘बेवाच’मा आधारित सोही नामको फिल्मबाट हलिउडमा डेब्यू गरेपनि फिल्म वक्सअफिसमा असफल भएको थियो ।

हलिउडमा करिब ३ वर्ष हराएकी प्रियंकाले यस वर्ष सलमान खानसँग एक हिन्दी फिल्ममा काम गर्दैछिन् । उनी अलि अब्बास जफर निर्देशित ‘भारत’मा सलमान खानसँग देखिनेछिन् । – एजेन्सी

प्रतिक्रिया