शिक्षा मन्त्री पोख्रेलद्वारा द हिलरको विमोचन

इनेप्लिज २०७५ वैशाख ३० गते ११:३२ मा प्रकाशित

विविध चिकित्सा पद्घती लाई समेटेर प्रकाशित द हिलर–२०७५ नामक जर्नलको हिजो एक कार्यक्रमका बीच शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरीरामणी पोख्रेल विमोचन गर्नु भएको छ । यस किसिमको प्रकाशनले निकै नै महत्व राख्ने र यस्ता प्रकाशनहरु जति सक्दो मौलिक अनुसन्धानमा आधारित हुनुपर्नेमा कुरामा मन्त्री पोखरेलले जोड दिनु भयो ।

कार्यक्रमा विशिष्ट अतिथिका रुपमा बोल्दै त्रिभुवन विश्व विश्वविद्यालयका रजिष्टार डा. डिल्लीराम उप्रेतिले द हिलरले आयुर्वेद जगतको शैक्षिक समस्याहरु लाई हिल गर्नेछ साथै द हिलरको बिषयबस्तु समावेशी र बहुआयामी रहेको प्रति खुसी ब्यक्त गर्दै यसको निरन्तरताको कामना गर्नु भयो । त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा. डा. जगदिश प्रसाद अग्रवालले अन्त कतै बाट पार नपाए पछि मात्र आयुर्वेदलाई अन्तिम अश्त्रका रुपमा अपनाउनु भन्दा पनि यसलाई सुरु देखि नै अपनाउनु पर्ने र यसलाई इभिडेन्स बेस्ड मेडिसिनका रुपमा विकास गर्नु पर्नेमा जोड दिनु भयो ।

एकिकृत चिकित्सा पद्घतिको आवश्यकता र विशेषता बारे धारणा राख्दै आयुर्वेद क्याम्पसका प्रमुख डा. शिव मंगल प्रसाद एवं आयुर्वेद शिक्षण अस्पतालका निर्देशक प्रा डा देव बहादुर रोेक्काले नेपाली माटो सुहाउदो मौलिक चिकित्सा पद्धति आयुर्वेदलाई राज्यले विगतामा वेवाश्ता गरेको र अब बिशेष प्राथमिकता दिनु पर्ने कुरा औलाउनु भएको थियो ।

अनेरास्ववियु क्रान्तीकारी अध्यक्ष रञ्जित तामङ्गले संगठनको स्वास्थ्य विभागको पहलमा अखिल क्रान्तिकारी आयुर्वेद क्याम्पस इकाइ कमिटीको संयोजन र अखिल क्रान्तिकारी महाराजगञ्ज इकाइ कमिटीको साथ र सहयोगमा नेपालमा नै पहिलो चोटि सम्पूर्ण चिकित्सा पद्घती लाई समेटेर प्रकाशित कृति द हिलरको पुर्ण सफलताको कामना गर्नु भयो ।

वरिष्ठ योग तथा प्रा.चिकित्सक द्वय डा. जनक बहादुर बस्नेत र डा. क्षितिज बाराकोटिले समेत नेपालमा प्रचलित संपूर्ण चिकित्साहरुलाई समेटेर एकै छाता द हिलरमा प्रकाशन गरेकोमा प्रकाशन समितीका संयोजक डा. दिपेन देवकोटा लगायतको दिमलाई बधाई तथा धन्यवाद दिनुु भएको थियो ।

डा. लोकेन्द्र भगत
अध्यक्ष, अखिल क्रान्तीकारी, आयुर्वेद क्याम्पस इकाए ।
सम्पर्क : ९८४९९०६९१५

प्रतिक्रिया