यी हुने सबैभन्दा धेरै डिभोर्स गर्ने हलिउड सेलेब्रिटी

इनेप्लिज २०७५ वैशाख २९ गते १८:१९ मा प्रकाशित

क्यालिफोर्निया । ‘हलिउडमा बिहे भए धेरै समय टिक्दैन’ भन्नेहरुको कमी छैन । त्यसैले हलिउडका जोडीहरुको सम्बन्न केही वर्ष मात्रै टिके पनि एक युग नै हो भन्ने पनि गरिन्छ । तर के यो सत्य हो त ? यो भन्न निकै गाह्रो छ ।

संसारभर मानिसहरुबीच सम्बन्ध जोडिने र टुट्ने भइरहेको हुन्छ । तर उनीहरु नाम चलेका सेलिब्रिटी भएकाले हलिउडमा कसैको पारपाचुके भए धेरै चर्चा हुने गर्छ । तर हलिउडमा सबैभन्दा धेरै पारपाचुके गर्ने सेलिब्रिटीको बारेमा थाहा पाउँदा रोचक नै हो ।

१. किम कार्दशियन

काइने वेष्टसँग ३ बच्चा हुनु अघि किमले दुई पटकसम्म पारपाचुके गरिसकेकी छिन् । उनले सन् २००० मा डेमोन थोमससँग विवाह गरिन्, जुन ४ वर्ष टिक्यो । त्यसपछि उनले क्रिस हम्फ्रिजसँग विवाह गरेकी थिइन् । तर उनले ७२ दिनमै क्रिससँग डिभोर्स गरेकी थिइन् । हाल उनले काइनेसँग सम्बन्ध गाँसेकी छन् । र यसमा उनी खुसी पनि देखिन्छिन् । हेरौँ उनीहरुको सम्बन्ध कतिसम्म टिक्छ ।

२. बिल्ली बब थोर्नटन

बिल्ली बब थोर्नटनले जीवनमा धेरै कुराहरुको प्रयोग गरेका छन् । कहिलेकाही लाग्छ उनले विवाहमा पनि कुनै प्रयोग गरिरहेका छन् । उनी हलिउडमा अभिनेता, निदेशक, लेखक, गायक तथा गीतकारको रुपमा चिनिन्छन् । विभिन्न प्रोफेशनको अनुभव लिइरहँदा सायद उनलाई पतिको पनि धेरै अनुभव लिने मन छ होला । किनकी उनले हालसम्म ५ पटकसम्म डिभोर्स गरिसकेका छन् । तर उनको छैठौँ विवाह भने केही बलियो देखिन्छ ।

३. एन्जेलिना जोली

एन्जेलिना जोली र ब्राड पिटको जोडी हलिउडमा निकै मन पराइएको जोडी मध्ये पर्छ । उनीहरु करिव एक दशक जति सँगै थिए र दुई वर्ष अघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए । त्यसअघि जोलीले जोनी लि मिलर र बिल्ली बब थोर्नटनसँग विवाह गाँठो कसिसकेकी थिइन् । जम्मा गरेर उनको ३ पटक डिभोर्स भएको रेकर्ड छ ।

४. ल्यारी किङ

ल्यारी किङ लेट नाइट टक शोको मात्रै किङ होइनन् उनी डिभोर्स किङ पनि हुन् । उनले हालसम्म ८ पटक विवाह गरिसकेका छन् । जसमध्ये ६ विवाह डिभोर्समा परिणत भयो भने एउटा भाँडियो । तर अचम्म तवरले उनको अन्तिम विवाह भने टिकिरहेको छ । किनकी उनीहरु १९९७ देखिसँगै छन् ।

५. ड्रयु ब्यारिमोर

९० को दशकमा ड्रयुको समय निकै रोचक थियो । उनले पहिलो पटक जेरेमी थोमससँग १९९४ मा विवाह गरिन् । जतिबे ड्रयु मात्रै १९ वर्षकी थिइन् । त्यसको २ महिनामै उनले डिभोर्सको लागि फाइल गरिन् । उनको कमेडियन टम ग्रिनसँगको दोस्रो विवाह भने अघिल्लो भन्दा केही लामो समय टिक्यो–करिव १ वर्ष । उनको तेस्रो विवाह विल कोपेलम्यानसँग २०१२ का भयो जुन ४ वर्षसम्म चल्यो । सबैगरी उनको खातामा ३ डिभोर्स छ ।

६. टम क्रुज

साहसिक फिल्मको लागि टम क्रुजको नाम सबैभन्दा अघि छ । क्रुजको ३ पटक पारपाचुके भएको छ । उनको पहिलो विवाह मिमि रोजर्ससँ भएको थियो । उनीहरु २ वर्षसम्म सगैँ बसेका थिए । निकोल किडम्यान र क्रुजको सम्बन्ध करिव ११ वर्ष सम्म चल्यो । र अन्तिममा केटी होल्म्सले उनीसँग ६ वर्ष बिताइन् ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया