गायक कर्णराज गीरीको ‘भाइरल भयो रे’ मा मोडल नयन र मालाले रोमान्स गर्दै(भिडियो सहित)

इनेप्लिज २०७५ वैशाख २९ गते ११:१२ मा प्रकाशित

काठमाडौँ : गायक कर्णराज गीरीको ‘भाइरल भयो रे’ बोलको म्युजिक भिडियो सार्वजनि भएको छ । एक दशक भन्दा बढी समयदेखीनेपाली संगीत क्षेत्रमा रहेका गायक कर्ण राजको बहु प्रतिक्षित ‘भाईरल भयो रे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

म्युजिक भिडियोमा नयन डिसी र माला लिम्बुलाइ उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ । ‘भाईरल भयो रे’ मा माला लिम्बु र नयन डिसीले नृत्यगरेका छन् भने गु्रभी ब्वाइज समुहले साथ दिएको छ । नारायण बस्नेतको शब्द रहेको ‘भाईरल भयो रे’मा गायक आँफैले संगित भरेका छन्। म्युजिक भिडियोको निर्देशन नयन डिसीले गरेका छन् ।

दर्जनौ चर्चित गीतहरु सांगीतिक क्षेत्रमा पस्केर चर्चा कमाएका गायक कर्णराजगिरिले यस गीतलाई फरक रुपले म्युजिक भिडियो मार्फत प्रस्तुत गरेका छन् l

भिडियो हेर्नुहोस

प्रतिक्रिया