इन्दिरा दीक्षितको “विचरित पाइलाहरू” सार्वजनिक

इनेप्लिज २०७५ वैशाख २८ गते २१:२६ मा प्रकाशित

काठमाडौँ, २८ वैशाख, २०७५

नियात्राकार इन्दिरा दीक्षितको दोस्रो कृति नियात्रा सङ्ग्रह ‘विचरित पाइलाहरू’ काठमाण्डौंमा सार्वजनिक भएको छ । समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित उक्त पुस्तक प्रतिष्ठानको सम्पर्क कार्यालय काठमाडौँद्वारा आयोजित कार्यक्रममा सो कृतिको वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले विमोचन गर्नु भयो ।

प्रमुख अतिथि साहित्यकार मदनमणि दीक्षितले इन्दिराको नियात्रासंग्रह राम्रो लागेको र आफू पनि पूर्वीय वाङ्मय रुचाउने लेखक भएको बताउनुभयो । कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै लेखिकाले आफ्ना विचार मार्मिकरुपमा पुस्तकमा प्रस्तुत गरेको विचार व्यक्त गर्नुभयो । समीक्षक डा. लेखप्रसाद निरौलाले लेखिकाले मसिनामसिना विषयलाई नियात्रामा समेटेकाले कृति राम्रो रहेको धारणा राख्नुभयो ।

साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा डा. लक्ष्मण गौतम, प्रा.डा. हाङसन प्याकुरेल, इन्दिरा दीक्षित, छविरमण सिलवाल र यादव भट्टराईले पनि बोल्नु भएको थियो ।

 

प्रतिक्रिया