टिकापुर कैलालीमा जन्मेर बिगत एक बर्ष देखि काठमाडौँलाइ कर्मथलो बनाउदै सांगीतिक क्षेत्रमा स्थापित हुने क्रममा रहेका गायक तथागीतकार मनोजले छोटो समयमा निकै ठुलो फड्को मारेका छन l एक बर्षको अन्तरालमा करिब एक दर्जन गीतमा आफ्नो सुमधुर आवाजभरिसकेका गायक मनोजले दर्जनौ गीतमा मिठा शब्द कोरिसकेका छन l लोक गायन, पाश्र्व गायन र आधुनिक सबै खालका गीत गाउन रगित लेख्न सक्ने क्षमता भएका तथा स्रोताको मन मष्तिकमा आफ्नो छुट्टै छबी बनाउन सफल गायक मनोज भबिष्यमा नेपाली सांगीतिकक्षेत्रलाइ नया आयाम थप्ने कुरमा बिस्वस्त छन ।
चाडैनै नया म्युजिक भिडियोहरु समेत लिएर आउन लागेका गायक तथा गीतकार मनोज भन्छन ‘म निरन्तर गीत संगीतको यात्रामा छु, अझैँधेरै नयाँ नयाँ क्रिएशन स्रोता/दर्शकलाई पस्कनु छ, मलाई माया गरिरहनु भएको आम दर्शक स्रोताहरु प्रति आभारी छु l
सानै उमेर देखि गित संगीत प्रतिको लगान मोहले गर्दानै सांगीतिक क्षेत्रमा मेहनत र परिश्रम गर्दै चर्चा कमाउदै गरेका गायक तथा गीतकारमनोज सुतारी जादुमय आवाजका धनि छन, दर्जनौ गीतहरुमा आफ्नो आवाज भरिसकेका मनोज मिलनसार सरल र हसिलो स्वभाबका पनिछन l नेपाली सुगम गित संगीतमा छुट्टै पहिचान बनाएर अगाडी बढ्दै गरेका गायक मनोज भन्छन गित संगीत मेरो नशा नशामा छ l संगीतलाई माया गर्ने हरेक नपालीहरुको रोजाइमा पर्दै गएका युवा गायक सुतारी थप्छन सबै नेपालीहरुको साथ र मायाको अपेक्षा गर्दैआगामी दिनमा सधै दर्शक श्रोताको माया साथ पाईरहने कुरामा बिस्वस्त पनि छन l
प्रतिक्रिया