बैशाख २६, काठमाडौँ :
प्रतिभा आफैमा अदभूत हुन्छ । अदभूत क्षमताका कारण, छोटो समयमा नै मानिस चर्चामा आउने गर्दछन् । यस्तै क्षमताका कारण झापा दमकका एक बालक अशोक दर्जी यतिबेला निकै चर्चामा छन् ।
एकाएक युट्युबमा भाइरल भएका बालक अशोक दर्जीको पहिलो गीत सार्वजनिक भएको छ । ‘मन बिनाको धन ठुलो की धन बिनाको मन ?…’ बोलको गीत रेकर्डीङ समयमा नै भाइरल भएको थियो ।
संगीतकार टंक बुढाथोकीको अफिसियल युट्युब च्यानलबाट अपलोड गरिएको गीतमा टंकसँगै दर्जीको स्वर छ । बिराज नेपालको शब्द लेखन रहेको गीतको भिडियोमा उनका भाइरल भएका सामाग्रीहरु पनि अटाइएका छन् ।
प्रतिक्रिया