अभिनेत्री खड्काको कपाल मुण्डन

इनेप्लिज २०७५ वैशाख २६ गते ११:११ मा प्रकाशित

काठमाडौं । अभिनेत्री दीपशिखा खड्काले आफ्नो पूरै कलाप मण्डन गरेकी छिन् ।

खड्काले चलचित्र ‘प्रेमलीला’का लागि आफ्नो पूरै कपाल मुण्डन गरेर नयाँ गेटअप बनेकी हुन् । उनले चलचित्रमा अभिनय गर्नका लागि कपाल मुण्डन गरेर नयाँ गेटअप बनाएको बताएकी छिन् । कपाल मण्डनका बारेमा धेरै खोल्न नमिल्ने अभिनेत्री खड्काले बताइन् ।

अभिनेत्री खड्का अभिनित फिल्मको छायाँकन भइरहेको छ । चलचित्रमा रहने ‘जाने क्या हुवा ए’ बोलको हिन्दी गीत केही दिन अगाडि पोखरामा छायाँकन गरिएको थियो । गीतमा अभिनेत्री खड्का र अभिनेता अली खानको अभिनय समेटिएको छ ।

प्रेमकथामा बनेको चलचित्र छायांकन गरिएको गीतमा वलिउड गायक राजा हसनको स्वर रहेको छ । चलचित्र खड्काले नै निर्माण गरेकी हुन् । अभिनेता खानको यो डेब्यु चलचित्र हो । उनी बलिउडबाट नेपाल भित्रिएका हुन् ।

प्रतिक्रिया